close

अब स्मार्ट वाच, हेडफोन र पावर ब्याङ्कमा १५ प्रतिशतसम्म अन्त शूल्क लाग्ने

टेकपाना टेकपाना

जेठ १६, २०७७ १७:१३

अब स्मार्ट वाच, हेडफोन र पावर ब्याङ्कमा १५ प्रतिशतसम्म अन्त शूल्क लाग्ने

काठमाडौं । बिहीबार व्यवस्थापिका संसदबाट आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक भएको छ । बजेटसँगै उक्त बजेट कार्यान्वयनका लागि ल्याइएको आर्थिक विधेयकले आगामी आवबाट स्मार्ट वाच, हेडफोन, इयरफोन लगायतका सामग्रीमा अन्त शूल्क लगाउने व्यवस्था गरेको छ ।

विधेयक अनुसार सरकारले स्मार्ट वाचमा १५ प्रतिशत अन्त शूल्क कर लगाउने भएको छ । स्मार्ट वाचमा अन्त शूल्क लगाउने यो नै नेपालको पहिलो कानून हो ।

यसअघि स्मार्ट वाचका लागि छुट्टै व्यवस्था थिएन । यसमा भन्सार शूल्क भने नलाग्ने जनाइएको छ । सरकारले मोबाइल फोनमा लगाउँदै आएको अन्त शूल्कलाई समेत निरन्तरता दिएको छ ।

फोनमा अघिल्लो आवसम्म पाँच प्रतिशत अन्त शूल्क लगाउँदै आएकोमा सरकारले चालु आवबाट २.५ प्रतिशतमा झारेको थियो । आगामी आवमा समेत त्यसैलाई निरन्तरता दिइएको छ ।

यसका साथै सरकारले मोबाइल एसेसरिजको रुपमा रहेको पावर बैंक, हेडफोन, एयरफोन लगायतका सामग्रीमा पनि पहिलो पटक अन्त शूल्क कर लगाउने निर्णय गरेको छ । यसअघि कुनै व्यवस्था नभएको पावर ब्याङ्कमा सरकाले १० प्रतिशत अन्तशुल्क लिने भएको हो । यसमा १५ प्रतिशत भन्सार शूल्क समेत लाग्ने बताइएको छ ।

त्यस्तै हेडफोन र ईयरफोनमा १० प्रतिशत अन्त शूल्क लाग्ने छ । सरकारले मोबाइल फोनका लागि आवश्यक पर्ने बेस स्टेशनमा लगाउँदै आएको ५ प्रतिशत अन्त शूल्कलाई कायमै राखेको छ । तर, डिजिटल क्यामेरा र टेलिभिजन क्यामरा तथा भिडियो क्यामरा रेकर्डरहरुमा ५ प्रतिशत अन्त शूल्क लाग्ने व्यवस्था गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१