close

नम्बर अपूग हुने भएपछि ११ अंकको मोबाइल नम्बर बनाउने भारतको तयारी

टेकपाना टेकपाना

जेठ १७, २०७७ १२:३८

नम्बर अपूग हुने भएपछि ११ अंकको मोबाइल नम्बर बनाउने भारतको तयारी

एजेन्सी । भारतको दूरसञ्चार नियामक निकाय टेलिकम रेगुलेटरी अथोरिटी अफ इन्डिया(टीआरएआई)ले ११ अंकको मोबाइल नम्बर प्रयोग गर्ने गरी राष्ट्रिय नम्बरिङ योजना प्रस्ताव गरेको छ । प्रचलनमा रहेको १० अंकबाट ११ अंकको मोबाइल नम्बर प्रयोग गर्दा देशमा धेरै संख्यामा मोबाइल नम्बर उपलब्ध हुने भन्दै टीआरइआईले शुक्रबार यस्तो सुझाव दिएको हो ।

‘१० अंकको ठाउँमा ११ अंकको नम्बर प्रयोगमा ल्याउँदा नम्बर स्रोत थपिने छ,’ भारतीय नियामकले भनेको छ, ‘यदि हाल प्रयोग गर्दै आएको नम्बरको अगाडी ९ थप्ने हो भने १० अर्ब ओटा मोबाइल नम्बर बन्नेछ ।’

याे पनि पढ्नुहाेस् : आखिर किन १० अंककै हुन्छ मोबाइल नम्बर ?

भारतमा हाल १० अंकको मोबाइल नम्बर प्रयोग हुँदै आएको छ । १० अंक क्षमताको ७० प्रतिशत मोबाइल नम्बर प्रयोगमा आइसकेकाले भारतले यस्तो प्रस्ताव ल्याएको हो । त्यस्तै टीआरएआईले नेपालमा जस्तै मोबाइलबाट ल्याण्डलाइनमा कल गर्दा सुरुमा प्रयोग हुने शून्य(०) लाई भारतमा पनि प्रयोग गर्न सुझाव दिएको छ ।

अहिले भारतमा एक प्रदेशबाट अर्को प्रदेशमा ल्याण्डलाइनमा कल गर्दामात्रै सुरुमा शून्य प्रयोग गर्ने गरिएको छ । यसलाई सबैतिर अनिवार्य गर्न सुझाव दिएको हो । त्यस्तै डंगोलको लागि प्रयोग हुँदै आएको १० डिजिटको नम्बरलाई बढाएर १३ अंकको बनाउन सुझाव दिएको छ । यस्तो भएको खण्डमा मोबाइल नम्बर अझ धेरै उपलब्ध हुने नियामकले जनाएको छ । (एजेन्सी)

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१