close

फोरजी स्मार्टफोनको उत्पादन बन्द गर्दै साओमी

टेकपाना टेकपाना

जेठ १८, २०७७ ९:१३

फोरजी स्मार्टफोनको उत्पादन बन्द गर्दै साओमी

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीले सन् २०२० को अन्त्यबाट फोरजी नेटर्वकमा आधारित स्मार्टफोनको उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले सन् २०२१ बाट आफ्ना उत्पादन पूर्णरुपमा फाइभजी नेटर्वकमा आधारित हुने घोषणा गरेको हो ।

कम्पनीका सीईओ ली जुनले भनेका छन्, ‘हामी आगामी वर्षहरुबाट फाइभजी स्मार्टफोन उत्पादनमा जोड दिनेछौं । फोरजी स्मार्टफोनको उत्पादनलाई रोकेर हामी आउँदो प्रविधि सिक्सजीमा समेत काम गर्नेछौं ।’

उनले अबको दुनियाँ फाइभ जीको हुने भन्दै त्यसलाई आत्मसाथ गर्नुपर्ने बताएका छन् । त्यसैले पनि कम्पनीले आगामी वर्षबाट पूर्ण रुपमा फाइभजी स्मार्टफोन उत्पादनमा प्राथामिकता दिने बताएका छन् ।

उनले कोरानाभाइरसका कारण चाहेर पनि कम्पनीले फाइभजी प्रविधिमा आधारित फोन सार्वजनिक गर्न नसकेको उल्लेख गरेका छन् । पछिल्लो समय फाइभजीको विस्तार तीव्र रुपमा भइरहेकाले पनि स्मार्टफोन मिर्माता कम्पनीहरु फाइभजीमा केन्द्रीत भइरहेका छन् ।

चीनमा अधिकांश सहरमा फाइभजी उपलब्ध भइसकेको छ भने, युरोपेली मुलुकहरुमा पनि फाइभजी नेटवर्क तीब्र रुपमा विस्तार हुने क्रम जारी छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१