close

अब ट्वीटरको वेब पेजमै ट्वीट सेड्युल फिचर

टेकपाना टेकपाना

जेठ १७, २०७७ १४:४९

अब ट्वीटरको वेब पेजमै ट्वीट सेड्युल फिचर

काठमाडौं । ट्वीटरको वेब पेजमा ट्वीट सेड्युलको फिचर थपिएको छ । यसअघि ट्वीट सेड्युल गर्न ट्वीटरको अर्को वेब एप ट्वीट डेक प्रयोग गर्नुपर्ने बाध्यता थियो ।

ट्वीटरले शुक्रबारदेखि संसारभरका प्रयोगकर्ताका लागि यो नयाँ सुविधा दिन थालेको हो । यद्यपी ट्वीट सेड्युलको सुविधा एपमा नभई वेब पेजमा मात्र उपलब्ध छ । ब्राउजर अपडेट गर्नासाथ तपाईंले पनि यो सुविधा प्रयोग गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१