close

फाल्कन नाइन रकेट प्रक्षेपणसँगै स्पेस एक्सले रच्यो इतिहास

टेकपाना टेकपाना

जेठ १८, २०७७ १२:९

फाल्कन नाइन रकेट प्रक्षेपणसँगै  स्पेस एक्सले रच्यो इतिहास

काठमाडौं । स्पेस एक्सले फाल्कन नाइन रकेट मार्फत फाल्कन नाइन र क्रु ड्रागन अन्तरीक्ष यान उडान गरेसँगै इतिहास रच्न सफल भएको छ । निजी कम्पनी स्पेस एक्सले पहिलो पटक मानिस सहितको यान अन्तरिक्षमा पठाएको हो ।

उक्त यानमा नासाका अन्तरीक्ष यात्री डग हर्ले र बब बेन्केन रहेका छन् । दोस्रो पटकको प्रयासमा मात्र यो सम्भव भएको हो ।

यस अघिसम्म स्पेस एक्सको फाल्कन नाइन र फाल्कन ह्यावी रकेटले अन्तरिक्षमा विभिन्न सामान पुर्‍याउन सफल भएको थियो । तर, डग हर्ले र बब बेन्केन भने स्पेस एक्सको पहिलो मानव यात्री भएका छन् ।

गएका बुधबारका लागि यसको उडान मिति तय गरिएको थियो । तर मौसमका कारण दोस्रो पटकका लागि तय गरिएको उडान अनुसार शनिबार सफल प्रक्षेपण भएको हो ।

फाल्कन नाइन र क्रु ड्रागन अन्तरीक्ष यानको यो उडान विश्वका लागि एउटा महत्वपूर्ण उपलब्धी हुने अपेक्षा गरिएको छ । यदि यो यानको ल्याण्डीङ सफल रुपमा भएको खण्डमा अर्थात यो उडानको मिसन हात पार्न सकेको खण्डमा व्यवसायीक रुपमा अन्तरीक्षमा मानव यात्राका लागि स्पेस एक्सले अनुमती प्राप्त गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१