close

प्रयोगकर्ताको जासुसी गर्ने एप, कतै तपाईंको मोबाइलमा त छैनन् ?

टेकपाना टेकपाना

जेठ १८, २०७७ १५:३३

प्रयोगकर्ताको जासुसी गर्ने एप, कतै तपाईंको मोबाइलमा त छैनन् ?

काठमाडौं । गूगल प्ले स्टोरमा रहेको चिनियाँ एपले दश करोड भन्दा बढी एन्ड्रोइड फोनलाई प्रभावित पारिरहेको तथ्याङ्क सार्वजनिक भएको छ । भिपिएनप्रोले भर्खरै सार्वजनिक गरेको अनुसन्धान प्रतिवेदन अनुसार चीनको हांगझोउमा आधारित क्यूभिडियो इंकले तयार पारेको भिडियो एडिटिङ एप ‘भीभाभीडियो’ मा यस्तो समस्या देखिएको हो ।

निःशूल्क रुपमा उपलब्ध भिडियो एडिटिङ यो एप गूगल प्ले स्टोरबाट मात्रै हालसम्म १० करोडभन्दा बढी डाउनलोड भएको छ । यो एप एप्पलको एप स्टारमा पनि उपलब्ध रहेका छ ।

तर एप्पलमा यसलाई सीमित अनुमति दिने हुँदा यसको दूरुपयोग कम भएको अनुमान गरिएको छ । अनुसन्धान प्रतिवेदन अनुसार उक्त एपसँग सम्बन्धित डेभलपरले विकास गरेका अन्य एपहरुमा पनि यस्तै खालको मालवेयर देखिएको छ ।

प्रयोगकर्ताको जासुसीका लागि एपमा मालिसियल रिमोट एक्सेस ट्रोजन लुकाईएको जनाइएको छ ।जसले प्रयोगकर्ताको मोबाइलमा भएको फोन नम्बर, लोकसन, जीपीएस डेटा, क्यामेरा, कल लग, अडियो रेकर्डको अनुमति लिने गर्दछ । र त्यसबाट डेटा संकलन गरिरहेको उल्लेख गरिएको छ ।

अध्ययन अनुसार क्यूभिडियोका यी एपहरु छन् जोखिम युक्त

भीभाभिडियो

भिभाभिडियो प्रो भिडियो एडिटर एचडी

स्लाइडप्लस–फोटो स्लाइडशो मेकर

भीडस्ट्याटस–स्ट्याटस भिडियोज एण्ड स्ट्याटस डाउनलोडर

आईओएसमा

टेम्पो–म्यूजिक भिडियो एडिटर विथ इफेक्ट्स

भीभाकट–प्रो भिडियो एडिटर एप

उल्लेखित मध्ये यदि तपाईं कुैन पनि प्रयोग गरिरहनु भएको छ भने त्यसलाई तत्कालै हटाउन साइबर सुरक्षा विज्ञहरुले आग्रह गरेका छन् । त्यस अलावा यी एपलाई दिइएको एक्सेस कम गर्न समेत सक्नुहुन्छ ।

एजेन्सीको सहयोगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१