close

आईटी विभागले जारी गर्‍यो वेबसाइट तथा एपका लागि सुरक्षा निर्देशिका

टेकपाना टेकपाना

जेठ १८, २०७७ १७:१७

आईटी विभागले जारी गर्‍यो वेबसाइट तथा एपका लागि सुरक्षा निर्देशिका

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभाग (डीओआईटी) ले वेबसाइट तथा एपका लागि अपनाउनुपर्ने सुरक्षा मापदण्ड जारी गरको छ । पछिल्लो समय बढ्दै गएका साइबर आक्रमणका घटनाहरुलाई मध्यनजर गर्दै विभागले यस्तो निर्देशिका तय गरेको हो ।

नेपालमा कोरोनाभाइरसका कारण लागु गरिएको लकडाउनसँगै साइबर आक्रमणका घटना बढेका छन् । यस अवधिमा इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट, अनलाइन खाना डेलिभरी गर्दै आएको स्टार्टअप कम्पनी फूडमाण्डु, नेपाल उड्यन प्राधिकरणको वेबसाइट लगायत ह्याकरको निशानामा परे ।

एकपछि अर्को गर्दै सरकारी वेबसाइटहरु समेत ह्याक हुन थालेसँगै विभागले आइतबार सूचना जारी गर्दै कुनै पनि वेबसाइट तथा एपको थप सुरक्षाका लागि तोकिएको नियम पालना गरी सजग रहन आग्रह गरेको छ ।

विभागले वेबसाइट तथा एपको सुरक्षाका लागि निरन्तर रुपमा ब्याकअप राख्नुपर्ने, होस्ट गरिएका ठाउँबाट अनावश्यक फाइलहरु हटाउनुपर्ने बताएको छन् । साथै एसएसएल इन्क्रिप्सन प्रयोग गर्नुपर्ने, लामो र सुरक्षित पासवर्ड प्रयोग गर्नुपर्ने, अनावश्यक सर्भिस पोर्ट बन्द गर्नुपर्ने, मल्टिफ्याक्टर अथेन्टिकेशनको प्रयोग गर्नुपर्ने लगायतका सुरक्षा सावधानी अपनाउन विभागले आग्रह गरेको छ ।

विभागले वेबसाइट तथा एपका लागि जारी गरेको सुरक्षा सावधानी:

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१