close

एन्ड्रोइडबाट एप्पल एप र डेटामा यसरी बनाउनुहोस् एक्सेस

टेकपाना टेकपाना

जेठ १९, २०७७ १४:५०

एन्ड्रोइडबाट एप्पल एप र डेटामा यसरी बनाउनुहोस् एक्सेस

काठमाडौं । मानौं तपाईं घरमा आइफोन र कार्यालयमा एन्ड्रोइड चलाउनु हुन्छ । अब एप्पलको डिभाइसबाट गूगलको हार्डवेयर स्थानान्तरण गर्ने बारे सोच्दै हुनुहुन्छ वा एन्ड्रोइड ट्याब्लेटमा आइक्लाउडका डेटाहरु ट्रान्सफर गर्न खोज्दै हुनुहुन्छ भने आज हामी तपाईंलाई दुई अपरेटिङ सिस्टमबीच कसरी एक्सेस बनाउने भन्ने तरिका सिकाउने छाैं ।

तपाईंको एन्ड्रोइड डिभाइसबाट आइक्लाउडको डेटामा एक्सेस लिन तपाईंले सोचेजस्तो अप्ठ्यारो र असम्भव छैन । कुनै समय एप्पलको आईक्लाउड वेब प्लेटफर्ममा गैर एप्पल डिभाइसबाट एक्सेस लिन असम्भव थियो ।

तर अब एप्पलको एप्पल म्युजिक एप तथा अन्य सुधारबाट यो सबै सम्भव भएको हो । हामी आशा गर्न सक्छाैं, यो आगामी दिनमा पनि निरन्तर रहनेछ । 

ईमेल, कन्ट्याक्ट र क्यालेण्डरलाई कसरी प्रयोग गर्ने ?

तपाईंले एप्पल ईमेललाई जुनसुकै डिभाइसबाट एक्सेस गर्न सक्नुहुन्छ । तपाईंले जुनसुकै ईमेल एप प्रयोग गरेपनि केही सेटअपको प्रक्रियालाई पुरा गर्नुपर्छ ।

यसका लागि तपाईंले आफ्नो एन्ड्रोइड डिभाइसमा आफूलाई मन परेको ईमेले एपमा यी सर्भर डिटेल, ईमेल एड्रेस र पासवर्ड राख्नुपर्छ । 

उदाहरणका लागि यदि तपाईं एन्ड्रोइड ईमेल एप जीमेल प्रयोग  गर्दै हुनुहुन्छ भने माथि शिरानी दायाँतर्फ रहेको योर अभतारमा ट्याप गर्नुहोस् त्यसपछि एड अनोदर अकाउन्ट हुँदै त्यहाँबाट अदरमा जानुहोस् ।

त्यसपछि माथि भनेजस्तै विवरणहरु राख्नुहोस् र आफ्नो लग ईन विवरणहरु राख्नुहोस् । तर याद राख्नुहोस् एप्पलले एन्ड्रोइडका लागि कुनै पनि आधिकारिक ईमेल एप बनाउँदैन । त्यसैले तपाईंले अरु केही प्रयोग गर्नुपर्छ ।

एन्ड्रोइडमा एप्पलको कुनै पनि आधिकारिक कन्ट्याक्ट वा क्यालेण्डर एप छैनन् ।  डेटा प्राप्त गर्न तपाईंले एन्ड्रोइडमा प्रयोग गरिरहेको जुनसुकै ब्राउजरलाई हटाइदिनुपर्छ र आइक्लाउडमा लगईन गर्नुपर्छ ।

कन्ट्याक्ट र क्यालेण्डर आइकन बाई डिफल्ट त्यहाँ देखिँदैन । यसकारण तपाईंले त्यस साइटको डेस्कटप भर्सनमा रिक्वेस्ट गर्नुपर्छ । एन्ड्रोइडका लागि क्रोममा गर्दा तपाईंले टप राइटमा रहेको तीन थोप्लामा ट्याप गरेर त्यहाँ रहेको डेस्कटप साइट चयन गर्न सक्नुहुन्छ ।

त्यसपछि तपाईंले आईक्लाउडमा रहेका कन्ट्याक्ट तथा क्यालेण्डर डेटाहरुलाई गूगल कन्ट्याक्ट तथा गूगल क्यालेण्डर जस्ता एन्ड्रोइड एपमा सार्न सक्नुहुन्छ ।

तर यो एउटा एकोहोरो प्रक्रिया हो भन्ने कुरा तपाईंले बुझ्नुपर्छ । तपाईंले एन्ड्रोइडमा गरेको कुनै पनि एडिट आईक्लाउडमा देखिने छैन । 

कम्प्युटरको ब्राउजरबाट आईक्लाउडमा जानुहोस् र कन्ट्याक्टमा क्लिक गरेर स्ट्याण्डर्ड भी कार्ड फर्म्याटमा डेटाहरु सार्नुहोस् । सूचीमा रहेको पहिलो कन्ट्याक्टलाई क्लिक गरेर सेलेक्ट गर्नुहोस् ।

त्यसपछि स्क्रोल डाउन गरेर तलको कन्ट्याक्टमा सिफ्ट प्लस क्लिक थिच्नुहोस् । अन्तिममा लोअर लेफ्टमा रहेको कोग आइकन थिच्नुहोस् र एक्पोर्ट भी कार्ड तान्नुहोस् ।

त्यहाँबाट आएका फाइलहरुलाई अब वेबको गूगल कन्ट्याक्टमा मुभ गर्नुहोस् । त्यसपछि सेलेक्ट फाइल क्लिक गरेर इम्पोर्ट गर्नुहोस् । 

यस्तै क्यालेण्डका लागि क्यालेण्डर चयन गर्नुहोस् र ब्रोडकास्ट सिम्बल भएको  शेयर आईकनमा क्लिक गर्नुहोस् । यसले एउटा लिंक दिनेछ, जसले अन्य क्यालेण्डर एपलाई आईक्लाउडमा डेटा एक्सेस दिनेछ ।

यसमा काम गर्नका लागि तपाईंले क्यालेण्डरलाई पब्लिक सेट गर्नुपर्छ । तर चिन्ता नलिनुहोस्, विशेष यूआरएल बिना कसैले पनि तपाईंको क्यालेण्डरलाई देख्न सक्दैन । 

फोटो र भिडियोमा कसरी एक्सेस पाउने ?

एन्ड्रोइडमा आईक्लाउडको फोटो तथा भिडियो ब्राउज गर्न सबैभन्दा राम्रो उपाय भनेको आफ्नो मोबाइलको वेब ब्राउजर खोल्नुहोस् र आईक्लाउडमा लगईन गर्नुहोस् ।

यसका लागि तपाईंले डेस्कटप भर्सनमा जानुपर्दैन । फोटोमा ट्याप गर्नुहोस् । तपाईंको सम्पूर्ण सिङ्क्रोनाइज फाइलहरु देखा पर्न थाल्छन् । 

एप्पलले भर्खरै यो वेब एपलाई सबै गैर एप्पल डिभाइसहरुका लागि अपग्रेड गरेको छ । ता कि तपाईंले इन्डिभिजुअल फाइल पेजमा देखिने आइकन प्रयोग गरेर फोटो तथा भिडियोहरु शेयर तथा डाउनलोड गर्नसक्नुहुन्छ ।

साथै तपाईंले आफ्नो एन्ड्रोइड फोनबाट आईक्लाउड अकाउन्टमा फोटो तथा भिडियोहरु अपलोड गर्न सक्नुहुन्छ । तर एडिटिङ टूल जस्ता एड्भान्स फिचरहरु पाइने छैन ।

यदि आईक्लाउडमा भएको आफ्नो फोटोलाई एक्सेस गर्ने यो तरिका तपाईंलाई मन पर्दैन भने दूरभाग्यवश अन्य विकल्पहरु छैन । 

सबैभन्दा उत्कृष्ट फोटो तथा भिडियोको क्रश प्लेटफर्म अनुभवका लागि तपाईंले गूगल फोटोमा जानुपर्छ । जस्तै एन्ड्रोइड, आईओएस तथा वेब सबैका लागि यो ठिक छ । आईफोनमा तपाईंले गूगल फोटो तथा एप्पल फोटो दुवैमा आफ्नो फाइलहरु राख्न सक्नुहुन्छ । 

म्युजिक, मुभि र टीभी शो कसरी हेर्ने ?

यदि तपाईं एप्पल म्युजिकको फ्यान हुनुहुन्छ भने तपाईंले सजिलै पाउन सक्नुहुन्छ । किनभने एन्ड्रोइडका लागि एप्पल म्युजिक एप आधारिकारिक रुपमै उपलब्ध छ ।

तर यो प्रयोग गर्न तपाईंले मासिक रुपमा १० डलरको सब्स्क्रिप्सन शूल्क तिर्नुपर्छ । यदि तपाईं म्युजिक सिङ्क्रोनाइज गर्न चाहनुहुन्छ भने आइट्युन पनि छ । तपाईंले यसलाई सब्स्क्राइब गर्नुहोस् र एप इन्स्टल गरी लग ईन गर्नुहोस् । 

तर एप्पलले एन्ड्रोइडका लागि एप्पल टीभी प्लस दिएको छैन । तर तपाईंले यो सेवा मोबाइल ब्राउजरमार्फत प्रयोग गर्नसक्नुहुन्छ ।

एप्पलको टीभी प्लस वेबसाइटमा जानुहोस् र यसको डेस्कटप भर्सनको लागि रिक्वेस्ट गर्नुहोस् । एन्ड्रोइडका लागि गूगल क्रोममा टप राइट साइडमा रहेको तीन वटा डटमा ट्याप गर्नुहोस् । त्यसमा डेस्कटप साइटमा जानुहोस् ।

वाच नाउमा ट्याप गर्नुहोस् र साइन ईनमा जानुहोस् । त्यहाँ तपाईंले आफ्ना सबै एप्पल टीभी प्लस शोहरु तयारी अवस्थामा देख्नुहुनेछ । सबै श्रृङ्खलावद्धरुपमा देख्न सक्नुहुन्छ । एप्पल म्युजिकमा जस्तो आईट्यनमा खरीद गरेको सवै कुरा हेर्न सकिँदैन । 

अरु सबै कुरा कसरी पाउने ?

एन्ड्रोइड फोनको मोबाइल ब्राउजरमा आईक्लाउडमा लग ईन गर्नुहोस् । त्यहाँ तपाईंले नोट अप्सन देख्न सक्नुहुन्छ

तपाईंले त्यहाँ नयाँ नोट र नयाँ फोल्डर कृयट गर्न सक्नुहुन्छ । साथै तपाईंले आईफोनमा कृयट गरेको जेसुकै कुरा पनि त्यहाँ हेर्नसक्नुहुन्छ । 

तपाईंले आईक्लाउड ड्राइभ समेत प्रयोग गर्नसक्नुहुन्छ । तपाईंले आफ्नो मोबाइल ब्राउजरको डेस्कटप साइटमा जानुपर्छ ।

मोबाइलका लागि अप्टिमाइज गरिएका कारण यो इन्टरफेस नेभिगेट गर्न सजिलो छैन । तर तपाईंले आफ्नो एन्ड्रोइड डिभाइसबाट ब्राउज गर्न तथा फाइलहरु अपलोड गर्न सक्नुहुन्छ ।

आईक्लाउड पोर्टलको डेस्कटप भर्सनमा रिमाइण्डर एप पाउन सकिन्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१