close

बेलायतको ग्वाभा पेबाट सोझै सिटी एक्सप्रेसमा पैसा ट्रान्सफर गर्न सकिने

टेकपाना टेकपाना

जेठ १९, २०७७ १६:२१

बेलायतको ग्वाभा पेबाट सोझै सिटी एक्सप्रेसमा पैसा ट्रान्सफर गर्न सकिने

काठमाडौं । बेलायतको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी ग्वाभापे लिमिटेडबाट सिटी एक्सप्रेसमा रकम ट्रान्सफर गर्न सकिने भएको छ । दुई कम्पनीबीच भर्खरै भएको सम्झौताबाट रेमिटान्स कारोबार सुरु भएको हो ।

बेलायतमात्र नभई टर्की, बाँकू, एस्टोनिया, रिगा र सेन्ट पिटर्सवर्गमा रहेका व्यक्तिहरुले समेत ग्वाभापेमार्फत सिटी एक्सप्रेस मार्फत सजिलै नेपालमा रहेका आफ्ना आफन्तलाई पैसा पठाउन सक्नेछन् ।

हाल नेपालमा सिटी एक्सप्रेसका ७५०० भन्दा बढी एजेन्टहरु रहेका छन् । यसरी प्राप्त रकम ती सबै एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने कम्पनीले जनाएको छ ।

यसैगरी उक्त रकम कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने बताइएको छ । सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र ग्वाभापे लिमिटेडका निर्देशक तथा शेयरधनी ओर्खान नसिबोभले हस्ताक्षर गरेका छन् ।

नेपालको रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सिटी एक्सप्रेसले विगत १३ वर्ष देखि कोरिया, जापान, कतार, साउदी, कुवेत, मलेसिया, अष्ट्रेलिया लगायतका देशमा विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१