close

रंगभेद विरुद्ध यसरी उभियो फेसबुक

टेकपाना टेकपाना

जेठ १९, २०७७ १६:४९

रंगभेद विरुद्ध यसरी उभियो फेसबुक

काठमाडौं । विगत एक सातादेखि अमेरिकामा जारी रंगभेद विरोधी लडाइलाई फेसबुकले समेत समर्थन जनाएको छ । काला जातीहरुको समर्थनमा फेसबुकले आफ्नो ‘फेसबुक एप’ पेजमा प्रयोग भएको लोगो र कभर फोटोलाई नै कालो बनाएको हो ।

एक हप्ता अघि अमेरिकामा काला समुदायका एक जना मानिसको हत्या भएको थियो । त्योसँगै हाल अमेरिकामा रंगभेद विरुद्ध लडाईले चर्को रुप लिएको छ ।

काला समुदायका एक जना व्यक्तिलाई बिना कारण मारिएको भिडियो सार्वजनिक भएसँगै कालो रंग प्रयोग गरी फेसबुक उक्त समुदायको समर्थनमा उत्रिएको हो । यस विषयमा फेसबुकका संस्थापक मार्क जुकबर्ग आफैले पनि आफ्नो भनाइ राखेका छन‍् ।

उनले भनेका छन्, ‘गत हप्ताको घटनाले हाम्रो समुदायमा हरेक व्यक्तिले स्वतन्त्र भएर बाँच्न अझै धेरै यात्रा गनुपर्ने देखाएको छ । काला जातीमाथि भएको यो घटनाले फेरी पनि जातीवाद र असमानतालाई सतहमा ल्याएको छ ।’

यसमा ठूलो परिवर्तनको आवश्यक रहेको भन्दै जुकरबर्गले भनेका छन्, ‘हामी सबै मिलेको खण्डमा मात्रै यो लडाइलाई एउटा निश्कर्षमा पुर्‍याउन सक्छौं र समुदायमा देखिएका यस्ता नकारात्मक सोँचलाई परिवर्तन गर्न सक्छौं ।’

त्यसैले फेसबुक अहिले काला समुदायसँगै उभिएको जुकरबर्गको स्पष्टोक्ती छ । उनले भनेका छन्, ‘हामी यो लडाईंमा काला समुदायसँगै मिलेर लड्न चाहन्छौं ।’

उनले गाडि भनेका छन्, ‘फेसबुकले समानताका लागि धेरै गर्नुपर्नेछ । त्यसै पनि हामीले फेसबुकको लोगो र ब्याकग्राउण्ड कलरलाई कालो बनाएर त्यसबाट सन्देश प्रवाह गर्ने कोशिस गरेका छौं ।’

साथै उनले रंगभेद विरुद्ध लड्नको लागि आर्थिक सहयोग पनि आवश्यक पर्ने भएकाले एक अर्ब २२ करोड सहयोग रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको उनले बताएका छन् ।

‘हामीलाई थाँहा छ यो सानो रकमलेमात्रै केहि हुनेछैन्,’ उनले भनेका छन, ‘च्यान जुकरबर्ग फाउन्डेसनमार्फत पनि रंगभेदको विरुद्ध लड्नका लागि वार्षिक रुपमा ४ अर्ब ८५ करोड सहयोग उपलब्ध गराउँदै आएको छ । तर, पनि सम्भव भएको छैन् । अझ अहिलेको घटनाले यसमा धेरै गर्नै बाँकी रहेको देखाएको छ । यसका लागि आगामी दिनमा पनि फेसबुक टिम र व्यक्तिगत रुपमा मेरो पनि सहयोग हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१