close

यसरी लाइभ हेर्नुहोस् स्पेसएक्सको मानवसहितको पहिलो अन्तरिक्ष यात्रा

टेकपाना टेकपाना

जेठ १९, २०७७ १७:३२

यसरी लाइभ हेर्नुहोस् स्पेसएक्सको मानवसहितको पहिलो अन्तरिक्ष यात्रा

काठमाडाैं। आइतबार साँझ स्पेसएक्सले आफ्नो पहिलो मानव यात्री सहितको नयाँ क्रू ड्रागन स्पेस क्राफ्ट अन्तरीक्षमा पठाएको छ । तर यो मिसन भने अझैं पुरा भएको छैन ।

अर्बिट अर्थात् पृथ्वीको कक्षमा पुरा दिन बिताइसकेपछि स्पेसएक्सको यो यानमा अनबोर्ड रहेका दुई यात्री बोब बेहकेन र डग हर्लेले आइतबार बिहान अन्तर्राष्ट्रिय स्पेस स्टेसनभित्र यानलाई प्रवेश गराएका छन् । 

स्पेसएक्सको क्रू ड्रागनमा अटोमेटिक कुराकानी गर्नसक्ने सिस्टम छ । यसमा धेरै सेन्सर र क्यामेराहरु पनि प्रयोग भएका छन् । जसले उक्त यानलाई आईएसएसतिर डोर्‍याएर डकिङ पोर्टसम्म पुर्‍याउनेछ । 

क्रू ड्रागन आफैं दुई अन्तरीक्ष यात्रीलाई स्पेस स्टेसनसम्म पुर्‍याउन सक्षम छ । तर दुई यात्रीले आइएसएस नजिक पुगेपछि स्टेसनभन्दा २२० देखि १७० मिटरको दुरी बीचमा म्यानुअलरुपमा उडान गर्ने योजना बनाएका थिए ।

त्यसै अनुसार उनीहरुले यानभित्रको टच स्क्रीन इन्टरफेस प्रयोग गरेर यानलाई म्यानुअलरुपमा उडाएका छन् । क्रू ड्रागनको यो मिसनको नासाले प्रत्यक्ष प्रशारण गरिरहेको छ ।

दुई  यात्रीले क्रू ड्रागनभित्रबाट गरेको प्रशारणलाई नासाले सोमबारदेखि प्रशारण थालेको हो । यो प्रशारणलाई तपाईले यहाँ हेर्नसक्नुहुन्छ । 

नासाको लाइभ भिडियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१