close

आईडीपीको भर्चुअल अफिस सञ्चालनमा, यसरी लिनुहोस् निःशूल्क शैक्षिक परामर्श

टेकपाना टेकपाना

जेठ २०, २०७७ १०:३०

आईडीपीको भर्चुअल अफिस सञ्चालनमा, यसरी लिनुहोस् निःशूल्क शैक्षिक परामर्श

काठमाडौं । शैक्षिक परामर्श सेवामा विश्व प्रख्यात आईडीपी एजुकेसनले नेपालमा भर्चुअल अफिस सिस्टम संचालनमा ल्याएको छ । विदेशमा अध्ययन गर्न चाहने नेपाली विधार्थीहरुलाई अनलाइनमै आईडीपीका शैक्षिक परामर्श विज्ञहरुसँग जोड्ने उद्देश्यले यस्तो प्रविधि प्रयोगमा ल्याइएको हो ।

यो नयाँ प्रणालीबाट इच्छुक विद्यार्थीले कार्यालयमै गएको अनुभूति गर्दै उच्च परामर्श सेवा प्राप्त गर्न सक्छन् । विधार्थी तथा अभिभावकसँग सम्पर्कमा रहन र उनीहरुको वैदेशिक अध्ययनलाई सहज बनाउने प्रयास स्वरुप यस्तो सिस्टम अपनाइएको आईडीपीले जनाएको छ ।

संस्थाका दक्षिण एशिया संचालक पियुषकुमारले आईडीपीको विद्युतीय सेवाले यस क्षत्रलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे ।

उनले भने, ‘हामीलाई थाहा छ, विदेशमा गएर अध्ययन गर्नु भनेको समग्र विद्यार्थी र उनीहरुका परिवारको लागि समेत उल्लेखनीय विषय हो । भर्चुअल अफिसको सिस्टमले हामीलाई यो महामारीको समयमा सबैसँग जोडिरहने अवसर दिएको छ ।’

यसबाट आफ्ना विद्यार्थीलाई विश्वभरका शैक्षिक संस्थासँग सम्पर्कमा रहन मद्दत गर्ने विश्वास समेत उनले व्यक्त गरे । आईडीपीको भर्चुअल अफिस आइतबारदेखि शुक्रबारसम्म हरेक दिन  विहान १० देखि ५ बजेसम्मको समयमा सञ्चालन हुनेछ ।

उक्त समयमा इच्छुक सम्पूर्ण विद्यार्थीले संस्थाका दक्ष परामर्शदातासँग विशेष रुपमा जोडिन सक्नेछन् । जसमार्फत विदेशको अध्ययन, विश्वविद्यालयहरुले प्रदान गर्ने अवसर, उपलब्ध कोर्षहरु, भिषा आवेदन, छात्रवृत्ति, पढाई पछिको रोजगारीलगायतका विषयमा बुझ्न सकिनेछ ।

जूममार्फत दिइने यी सम्पूर्ण सेवाहरु निःशूल्क समेत रहेका छन् । संस्थाले सम्पूर्ण विद्यार्थी विर्थीहरुका लागि यो सुनौलो अनुभव प्राप्त गर्ने अवसर भएको बताउँदै अन्तर्राष्ट्रिय विश्वविद्यालयमा अध्ययनको सपनालाई पुरा गर्न आफू सक्दो सहयोग गर्न प्रतिवद्ध रहेको उल्लेख गरेको छ ।

आईडीपीको भर्चुअल अफिसमा प्रवेश गर्न यहाँ क्लिक गरेर आवश्यक प्रकृया पुरा गर्नुहोस् ।

अन्तर्राष्ट्रिय परामर्श सेवामा आफ्नो विशेष पहिचान बनाएको आईडीपी अंग्रेजी भाषा परीक्षण परीक्षाको रुपमा चर्चित आईईएलटीएसमा समेत स्वामित्व रहेको संस्था हो ।

सन् १९८९ देखि सुरु भएको उक्त अंग्रेजी भाषा परिक्षण विश्वकै सबै भन्दा लोकप्रिय भाषा परीक्षण गर्ने परीक्षा हो | विश्वभर दश हजारभन्दा बढी संस्थाले अंग्रेजी भाषा परीक्षण परीक्षाको रुपमा यसलाई स्वीकार गरेका छन् | विगत एक वर्षमा मात्रै करीब साढे तीन लाख भाषा परीक्षा सञ्चालन गरिएको थियो |

११० अन्तर्राष्ट्रिय विद्यार्थी सेवा केन्द्रहरुको सञ्जालका साथ यो संस्थाको उपस्थिति विश्वका ३२ भन्दा बढी देशमा रहेको छ । एएसएक्स (अष्ट्रेलियन सेक्युरीटी एक्सचेन्ज) मा समेत सूचीवद्ध कम्पनीको रुपमा रहेको आईडीपीमा ५० प्रतिशत अष्ट्रेलियन विश्वविद्यालयहरुको स्वामित्व रहेको छ ।

सले अन्तर्राष्ट्रिय शिक्षामा विद्यार्थीहरुको पहुँचको लागि विगत ५० वर्षदेखि परामर्श सेवा प्रदान गर्दै आएको छ । आईडीपीले हालसम्म ४ लाखभन्दा बढी विद्यार्थीलाई अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा, न्यूजील्याण्ड र आयरल्याण्ड लगायतका देशका विश्वविद्यालयमा भर्ना दिलाइसकेको छ ।

हात्तिसार काठमाडौंमा समेत रहेको कम्पनीले विदेशमा अध्ययनका लागि शिक्षा प्रणाली तथा विश्वविद्यालय छनौट, विषय छनौट, आवेदन, भिषा प्रक्रिया तथा अग्रीम प्रस्थान प्रणाली लगायतको कार्यमा सहजीकरण गर्दै आएको छ ।

द कम्प्लिट युनिभर्सिटी गाइड, ह्वाटयूनी, हट कोर्षेस अब्रोड लगायतका संसारमै प्रख्यात मानिने शैक्षिक वेबसाइटहरु समेत आईडीपीकै स्वामित्वमा सञ्चालित छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१