close

मोबाइलको नोटिफिकेसन अस्तव्यस्त छ ? यसरी गर्नुहोस् व्यवस्थापन

टेकपाना टेकपाना

जेठ २०, २०७७ १७:५६

मोबाइलको नोटिफिकेसन अस्तव्यस्त छ ? यसरी गर्नुहोस् व्यवस्थापन

काठमाडौं । प्रायः सबै स्मार्टफोन प्रयोगकर्ताहरु सधैंजसो नोटिफिकेसनमा निर्भर भइरहेका हुन्छन् । नोटिफिकेसन मात्र एउटा यस्तो फिचर हो, जसले हामीलाई हामीले उपभोग गरिरहेका सेवा, पात्रो र डिभाइसमा के भइरहेको छ भन्ने कुराको जानकारी दिने र अपडेट गराउने काम गर्दछ । 

नोटिफिकेसन फिचर हुँदैन थियो भने हामीले धेरै एपहरु खोलेर प्रत्येक कुराको छुट्टाछुट्टै जानकारी लिनु पर्ने अर्को झमेला हुने थियो । पक्कै पनि तपाईंको स्मार्टफोनमा धेरै एपहरु छन् ।

ती प्रत्येक एपले पठाउने नोटिफिकेसन स्क्रीनमा आएर बस्दा त्यसले सजिलो बनाउने भन्दा अव्यवस्थित र झन्झटिलो पारिदिन्छ । यस्तो बेला तपाईं के गर्नु हुन्छ ?

अब चिन्ता नलिनुहोस् । यदि तपाईं एन्ड्रोइड नाइन वा त्यसभन्दा नयाँ भर्सन प्रयोग गर्दै हुनुहुन्छ भने यी नोटिफिकेसनलाई सजिलै व्यवस्थापन गर्न सक्नुहुन्छ । 

नोटिफिकेसनको व्यवस्थापन कसरी गर्ने ?

  • नोटिफिकेसन सेड अर्थात नोटिफिकेसन देखिने भागमा तलतर्फ स्क्रोल गर्नुहोस् । एन्ड्रोइड नाइनमा तपाईंले नोटिफिकेसन स्क्रीनको पुछारको बायाँ भागमा म्यानेज नोटिफिकेसन अप्सन देख्न सक्नुहुन्छ । यस्तै एन्ड्रोइड टेनमा म्यानेज मात्र देखिन्छ ।
  • म्यानेज नोटिफिकेसन वा म्यानेजमा ट्याप गर्नुहोस् । यति गरेपछि नोटिफिकेसन म्यानेजर खुल्छ ।  अब त्यसभित्र तपाईंले नोटिफिकेसन व्यवस्थापनका लागि केही कामहरु गर्नुपर्ने हुन्छ ।
  • सबैभन्दा पहिले कुन एपले तपाईंको नोटिफिकेसन स्क्रीनमा धेरै नोटिस वा डेटा पठाउँछ, त्यो हेर्नुहोस् । यसका लागि लागि शिरानीको बीच भागमा रहेको आइकनलाई थिचेर तल झार्नुहोस् र मोस्ट फ्रिक्वेन्टलाई चयन गर्नुहोस् ।
  • तपाईंले त्यहाँ धेरै नोटिफिकेसन पठाउने एपहरुको एउटा सूची देख्न सक्नु हुनेछ  । यदि अपडेट चाहनुहुन्न भने नोटिफिकेसनलाई डिसेबल गर्न पनि सक्नुहुन्छ । डिसेबल गर्नका लागि एपको नजिक रहेको स्वीचलाई अन वा अफ गरिदिनुहोस् । 
  • एपटक डिसेबल गरेको एपको नोटिफिकेसन तपाईंले देख्न सक्नुहुन्न । यदि तपाईंलाई नोटिफिकेसन आवश्यक छ भन्ने लागेमा फेरी त्यही प्रक्रियाबाट नोटिफिकेसन अन गर्न सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१