close

यस्तो छ राष्ट्र बैंकको पुनरकर्जा कार्यविधि मस्यौदा, अनलाइनबाटै यसरी दिनुहोस् परिमार्जनको सुझाव

टेकपाना टेकपाना

जेठ २०, २०७७ १८:५४

यस्तो छ राष्ट्र बैंकको पुनरकर्जा कार्यविधि मस्यौदा, अनलाइनबाटै यसरी दिनुहोस् परिमार्जनको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनरकर्जालाई व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यका साथ कार्यविधिको मस्यौदा तयार पारेको छ । केन्द्रीय बैंकले तयार पारेको मस्यौदामा तपाईंले पनि आवश्यक परिमार्जनका लागि आफ्नो राय तथा सुझाव दिन सक्नुहुन्छ ।

खास गरी कोरोनाभाइरसको महामारीका कारण सिंगो अर्थतन्त्र नै थला परेको अहिलेको परिस्थितिमा राष्ट्र बैंकले कर्जा प्रवाहका लागि अपनाउनुपर्ने नीतिका लागि तपाईंका सुझाव महत्वपूर्ण ठहर्न सक्छन् ।

यहाँ पीडीएफमा हेर्नुहोस्, राष्ट्र बैंकले तयार पारेको पुनरकर्जा कार्यविधि मस्यौदा

मस्यौदाको सन्दर्भमा तपाईंका कुनै सल्लाह सुझाव छन् भने यहाँ क्लिक गरी केन्द्रीय बैंकलाई ईमेल गर्न सक्नुहुन्छ । राष्ट्र बैंकले राय सुझावका लागि १५ दिन अर्थात आगामी १ असारसम्मको समय दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१