close

आईफोन जेल ब्रेक असफल बनाउन एप्पलको नयाँ प्याच

टेकपाना टेकपाना

जेठ २१, २०७७ १७:५९

आईफोन जेल ब्रेक असफल बनाउन एप्पलको नयाँ प्याच

काठमाडौं । आईफोनको सफ्टवेयर भित्रसम्म पहुँच बनाउन सक्ने गरी ह्याकरहरुले बनाएको जेल ब्रेक टूल अब प्रभाव हीन हुने भएको छ । ह्याकरहरुले आईफोनको सेक्युरिटी कमजोरीलाई निशाना बनाउँदै जारी गरेको जेलब्रेक असफल बनाउन एप्पलले नयाँ प्याच तयार पारेको हो । 

एप्पलले आईओएस १३.५.१ को कमजोरीलाई सुधार भइसकेको बताएको छ । आईफोनको कमजोरी पत्ता लगाएको अनकभर टिमले गत हप्ता मात्र उक्त जेलब्रेक सार्वजनिक गरेको थियो । 

तर एप्पलले उक्त कमजोरी विवरण हालसम्म सार्वजनिक भने गरेको छैन । मेलिसियस ह्याकहरुले त्यस्ता कमजोरीहरुको फाइदा उठाउने आशंका गर्दै एप्पलले तत्काललै प्याच सार्वजनिक गरेको हो । 

एप्पलको प्याचको प्रभावकारीतालाई पुष्टि गर्दै एकजना जेलब्रेकरले आईओएस १३.५.१ को अपडेटले कमजोरीलाई समाधान गरेर जेलब्रेकलाई प्रयोग बिहीन बनाइदिएको भन्दै ट्वीट लेखेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१