close

एनआईसी एसिया बैंकमा अनलाइनबाटै यसरी खोल्नुहोस् खाता

टेकपाना टेकपाना

जेठ २२, २०७७ १०:५४

एनआईसी एसिया बैंकमा अनलाइनबाटै यसरी खोल्नुहोस् खाता

काठमाडौं । अब सहजै घरबाट एनआईसी एसिया बैंकको खाता खोल्न सकिने भएको छ । कोरोनाभाइरसको संक्रमणलाई कम गर्न जारी लकडाउनको समयमा घरबाटै अनलाइन खाता खोल्न चाहनहरुलाई लक्षित गर्दै बैंकले यस्तो सुविधा दिएको हो । 

अनलाइन खाता खोल्ने ग्राहकको संख्यामा उल्लेख्य वृद्धि भइरहेको बेला बैंकले छोटो समयमै खाता खोल्न सकिने गरी प्रक्रियामा थप सुधार गरेको छ । बैंकमा खाता खोल्दा चाहिने सम्पूर्ण विवरण तथा फोटो तपाईंको साथमा छ भने बैंकको वेबसाईटमार्फत ५ मिनेटमै अनलाइनबाट खाताको सम्पूर्ण प्रक्रिया पूरा गर्न सक्नुहुन्छ । 

यसरी खोल्नुहोस् खाता

  • अनलाइनबाट एनआईसी बैंकमा खाता खोल्न सुरुमा यहाँ क्लिक गर्नुहोस् । 
  • अब त्यहाँ रहेको बचत खाता, जेष्ठ नागरिक बचत खाता, नारी खाता, नानी बाबु बचत खाता, वैदेशिक रोजगार बचत खाता, फिक्स्ड डिपोजिट खाता मध्ये एउटा चयन गर्नुहोस् । सम्बन्धित खाताको विषयमा विस्तृत जानकारी लिन चाहनुहुन्छ भने त्यस मुनी रहेको भ्यू मोरमा क्लिक गर्नुहोस् । 
  • खाता रोजिसकेपछि त्यसमुनी उपलब्ध अप्लाइ नाउमा क्लिक गर्नुहोस् । 
  • हाल एनआईसी एसिया बैंकमा तपाईंको खाता रहे नरहेको खुलाउनुहोस् र उल्लेखित टर्म्स एण्ड कन्डिसन अघि टिक लगाउनुहोस् ।
  • फारममा उल्लेखित ईमेल, नाम, मोबाइल नम्बर, जन्म मिति, शाखा छनौट जस्ता सबै विवरण भर्नुहोस् । 
  • अन्तिममा रहेको क्याप्चालाई अगाडिको बक्समा जस्ताको त्यस्तै टाइप गर्नुहोस् र प्रोसिड बटन थिच्नुहोस् । 
  • यति गरिसकेपछि अब तपाईंलाई बैंकबाट एउटा ईमेल प्राप्त गर्नुहुनेछ । 
  • दोस्रो चरणमा ठेगाना, परिचय, परिवार लगायतका विवरण भर्नुहोस् । 
  • आफ्नो डकुमेन्ट तथा फोटो अपलोड गर्नुहोस् । सही विवरण भर्ने कार्यमा सहजतका लागि आवेदकलाई त्यहिँबाट सुझाव समेत प्राप्त हुने व्यवस्था मिलाइएको छ । 
  • यो प्रक्रिया पुरा गरेपछि तपाईंले तत्कालै खाता नम्बर प्राप्त गर्नसक्छन् । तर बैंकले सम्पूर्ण विवरण जाँच गरेपछि मात्र त्यसलाई मान्यता दिनेछ ।

यसरी अनलाइन खाता खोल्ने ग्राहकलाई बैंकले लकडाउन अवधिसम्म मोबाइल बैंकिङमार्फत पहिलो कारोबारमा ५०० रुपैयाँसम्म क्यासब्याक समेत उपलब्ध गराउनेछ । यसैगरी लकडाउनकै अवधिमा बैंकको मोबाईल बैंकिङ वा डेबिट तथा क्रेडिट कार्डमार्फत अनलाइन स्टोरहरुबाट खरिद गर्ने ग्राहकलाई बैंकले १० प्रतिशत तथा ५०० रुपैयाँसम्मको क्यास ब्याक उपलब्ध गराउने जनाएको छ ।

यस्तै देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटेल तथा रेष्टुरेन्ट, डिपार्टमेन्टल स्टोर लगायतमा सेवाको भुक्तानी एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ तथा कार्डमार्फत गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छूट प्राप्त गर्न सकिनेछ । 

साथै डायमण्ड श्रेणीको खाता खोलेर न्यूनतम रकम जम्मा भए पश्चात खाता खोल्ने ग्राहकलाई २१ लाख रुपैयाँसम्मको बीमा सुविधा समेत प्रदान गरिने बैंकले जनाएको छ । सो बिमा सेवा वापत लाग्ने बीमा शूल्क बैंक आफैले भुक्तानी गर्नेछ । 

विपतको घडीमा बैंकले सातवटै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना गरी २४ सैं घण्टा आवश्यक बैंकिङ सेवा तथा सुविधा प्रदान गरिरहेको छ । विद्युतीय भुक्तानी समेत प्रवर्द्धन गरिरहेको बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ विशेष कार्यक्रम समेत थालेको छ । 

जसमा अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, इन्टरनेट सेवा, बीमा तथा टेलिफोन शूल्क लगायतका भुक्तानीमा मोबाइल तथा ईन्टरनेट बैंकिङ निःशूल्क छन् । 

मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको एनआईसी एसिया बैंकमा २१ लाखभन्दा बढी ग्राहक रहेका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१