यी आईफोनका लागि आउँदैछ आईओएस १४

काठमाडौं । एप्पलले चाँडै आईफोन प्रयोगकर्ताका लागि आईओएस १४ उपलब्ध गराउने भएको छ । विगत लामो समयदेखि आईओएस १४ चर्चामा रहेको छ ।
तर, अब भने कम्पनीले यसलाई चाँडै प्रयोगकर्तामाझ उपलब्ध गराउन सक्ने देखिएको छ ।कम्पनीले यही जुन २२ मा भर्चुअल रुपमा डेभलपर कन्फ्रेन्स डब्लूडब्लूडीसी आयोजना गरेको छ ।
सोही कन्फ्रेन्समार्फत कम्पनीले आईओएस १४ समेत सार्वजनिक गर्न सक्ने अनुमान गरिएको छ ।
भर्खरैमात्र सार्वजनिक प्रतिवेदन अनुसार आईओएस १४ आईओएस १३ प्रयोग गर्ने सम्पूर्ण प्रयोगकर्तालाई उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार आईओएस १४ सुरक्षाको हिसाबले अझ प्रभावकारी हुनेछ । यसबाट सफ्टवेयर र डिभाइसहरुमा स्थिरता ल्याउने प्रयास गरिएको छ । प्रतिवदेनका अनुसार एक दर्जन भन्दा बढी मोडलका डिभाइसमा यो नयाँ भर्सन उपलब्ध हुनेछ ।
यस्ता छन् आईओएस १४ सपोर्ट गर्ने आईफोन
- आईफोन एसई (२०२०)
- आईफोन इलाभेन
- आईफोन इलाभेन प्रो
- आईफोन इलाभेन प्रो म्याक्स
- आईफोन एक्सएस
- आईफोन एक्सएस म्याक्स
- आईफोन एक्सआर
- आईफोन एक्स
- आईफोन एट
- आईफोन एट प्लस
- आईफोन सेभेन
- आईफोन सेभेन प्लस
- आईफोन सिक्स एस प्लस
- आईफोन सिक्स प्लस
- आईप्याड टच (सेभेन्थ जेनेरेसन)
- आईफोन एसई