close

एन्ड्रोइड टेनमा कलर ओएस सेभेन उपलब्ध गराउँदै ओप्पो

टेकपाना टेकपाना

जेठ २२, २०७७ १४:११

एन्ड्रोइड टेनमा कलर ओएस सेभेन उपलब्ध गराउँदै ओप्पो

काठमाडौं । ओप्पोले एण्ड्रोइड टेनमा आधारित आफ्ना स्मार्टफोनमा कलरओएस उपलब्ध गराउने भएको छ । अप्रिलदेखि नै ओप्पोले यो प्रणाली केही प्रयोगकर्तालाई उपलब्ध गराउँदै आएको थियो ।

अब भने कम्पनीले रेनो, फाइन्ड र ए सिरिज लगायत २० भन्दा बढी मोडलका फोनमा यो प्रणाली उपलब्ध गराउने भएको हो । सन् २०१९ को नोभेम्बरमा घोषणा भएसँगै यसबारे राम्रो प्रतिक्रिया आइरहेको कम्पनीले जनाएका छ ।

कम्पनीका अनुसार यसमा ईन्फाइनाइट डिजाइन, तीब्र र स्मूथ पर्फरमेन्स, मजबूद सुरक्षा प्रणाली, फोकस मोड लगायत अत्याधुनिक फिचर उपलब्ध हुनेछ ।

ओप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले कलरओएसमार्फत आफूहरुले प्रयोगकर्तालाई नयाँ अनुभव प्रदान गर्न चाहेको बताएका छन् ।

उनले भनेका छन्, ‘त्यसैले यसको आधिकारिक भर्सन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार फोन प्रयोगकर्तामार्फत परीक्षण गरेका थियौं । ती प्रयोगकर्ताबाट आएको सरकारात्मक प्रतिक्रियासँगै थप अध्ययन गर्दै यसलाई सम्पूर्ण ग्राहकमाझ उपलब्ध गराउने तयारी गरिएको हो ।’

कम्पनीका अनुसार विश्वभरका १४० देशमा कलर ओएसका ३५ करोड प्रयोगकर्ता रहेका छन् । ८० भन्दा बढी भाषामा उपलब्ध यो सिस्टममा ओप्पोको अनुसन्धान र विकास टिमले कलरओएस सेभेन ट्रायल भर्सनका प्रयोगकर्ताबाट प्राप्त सुझाव अनुसारका फिचर समेत थप गरिएको बताइएको छ ।

कम्पनीका अनुसार ओप्पो फाइन्ड एक्स, फाइन्ड एक्स सुपरभोक एडिसन, फाइन्ड एक्स आटोमोली ल्याम्बर्गिनी एडिसन, रेनो टेनएक्स जूम, रेनो, रेनो टू, रेनो टू एफ, आर सेभेन्टिन प्रो, एफ इलाभेन प्रो र एफ इलाभेनमा कलरओएस सेभेनको आधिकारिक भर्सन उपलब्ध भइसकेको छ ।

जुन १ बाट एफ नाइन, एफ नाइन प्रो, एफ सेभेन, ए सेभेन १२८ जीबीमा समेत उपलब्ध भएको छ । त्यस्तै जुलाईमा ए ९१ मा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१