close

टिकाउ ब्याट्री अनि उत्कृष्ट क्यामेरा भएका नयाँ सामसङ स्मार्टफोन नेपालमा

टेकपाना टेकपाना

जेठ २२, २०७७ १८:२८

टिकाउ ब्याट्री अनि उत्कृष्ट क्यामेरा भएका नयाँ सामसङ स्मार्टफोन नेपालमा

काठमाडौं । सामसङले नेपाली बजारमा एक साथ दुई वटा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । नेपाली युवा माझ लोकप्रिय सिरिज ‘एम’ अन्तर्गत कम्पनीले बुधबार एम ३१ र एम २१ सार्वजनिक गरेको हो ।

यी दुवै फोनमा ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको छ । एम ३१ लाई कम्पनीले #मेगामोन्स्टर र एम २१ लाई #वाटमोन्स्टर उपमा दिएको छ ।

ग्यालेक्सी एम ३१ ग्यालेक्सी एम सिरिज अन्तर्गत नयाँ सुरुवात भएको कम्पनीले जनाएको छ । जसमा  ग्यालेक्सी एम १०, एम २०, एम ३०, एम ४० तथा एम ३० एस गरी ५ मोडेलहरु रहेका छन् । 

ग्यालेक्सी एम ३१ मा ६४ मेगापिक्सेलको क्वाड क्यामेरा रहेको छ । ६ हजार एमएएच क्षमताको  ब्याट्री रहेको फोनमा सामसङले आफ्नै सुपर एमोलेड डिस्प्ले प्रयोग गरेको छ । 

Samsung Galaxy M31 Price in India, Full Specs & Features (4th June ...

६४ मेगापिक्सेलको मुख्य क्यामेरा रहेको फोनमा ५ मेगापिक्सेलको माइक्रो लेन्सका साथै ५ मेगापिक्सलकै डेफ्थ सेन्सर समेत राखिएको छ । फोरके भिडियो रेकर्डिङ सुविधा रहेको क्यामेराले हाइपर ल्याप्स, स्लोमो तथा सुपर स्टेडी मोडमा भिडियो खिच्न सक्छ ।

सेल्फीका लागि फोनमा ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा रहेको छ । जसले फोरके भिडियो समेत खिच्न मद्दत गर्नसक्ने कम्पनीको दाबी छ । ६ हजार एमएएच क्षमताको ब्याट्री रहेको फोनमा टाइप सी १५ वाट फास्ट चार्जर उपलब्ध छ । 

यो फोन ६/१२८ र ८/१२८ जीबी भेरियन्टमा बजारमा उपलब्ध भएको छ । सामसङ नेपालका मोबाइल विजनेस प्रमुख प्रणयरत्न स्थापितका अनुसार यो फोन अहिलेका युवाहरुको आवश्यकता एवम् चाहना अनुरुप निर्माण गरिएको छ । उनले भनेका छन्, ‘फोन #मेगामोन्स्टरको वास्तविक रुप हो, यसमा प्रयोग भएको क्यामेरा, तथा डिस्प्ले यो सिरिजका स्मार्टफोनहरुमध्ये सबैभन्दा उत्कृष्ट छ ।’

ग्यालेक्सी एम २१ मा भने ४८ मेगापिक्सेल क्यामेरा रहेको छ । टाइप सी फास्ट चार्जिङ सिस्टम रहेको फोनको मोबाइल बक्समा १५ वाटको चार्जर उपलब्ध हुनेछ । कम्पनीका अनुसार मोबाइलमा ६.४ इञ्चको फुल एचडी सुपर एमोलेड डिस्प्ले रहेको छ ।

ट्रिपल क्यामेरा सेटअप रहेको फोनमा ४८ मेगा पिक्सेलको मूख्य क्यामेरासँगै आठ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामेरा र ५ मेगापिक्सेलको डेप्थ सेन्सर रहेको छ । त्यस्तै सेल्फीका लागि यसमा २० मेगापिक्सेलको क्यामेरा राखिएको छ ।

शक्तिशाली ब्याट्री, उत्कृष्ट क्यामेरा एवम् ठूलो स्क्रिनका साथ आएको फोन ‘ग्यालेक्सी एम’ नयाँ पुस्ताका लागि आकर्षक रहेको स्थापितले बताए । फोनमा एक्वाइनस ९६११ अक्टाकोर प्रोसेसर रहेको छ । 

यसका साथै फोनमा एआईमा आधारित गेम बुस्टर रहेको छ । जसले मोबाइलमा गेम खेल्दा फोनको थोरै पावर खपत हुने दाबी कम्पनीको छ । कम्पनीका अनुसार यो फोन ४/६४ र ६/१२८ जीबी क्षमताका साथ बजारमा उपलब्ध भएको छ ।

कम्पनीका अनुसार फोनको पछाडि भागमा फिंगरप्रिन्ट सेन्सर राखिएको छ । जसले फोन अनलकका साथै विभिन्न एप अनलकमा समेत काम गर्दछ । 

मूल्य तथा उपलब्धता

ग्यालेक्सी एम ३१ अन्तर्गत ६/१२८ जीबीको बजार मूल्य ३० हजार ९९९ रुपैयाँ तथा ८/१२८ जीबीको मूल्य ३५ हजार ६९९ तोकिएको छ । त्यस्तै ग्यालेक्सी एम २१ मा ४/६४ को बजार मूल्य २२ हजार ९९९ र ६/१२८ को मूल्य २७ हजार ४९९ तोकिएको कम्पनीले जनाएको छ । 

Samsung Galaxy M21 pictures, official photos

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१