close

यसकारण पहेँलो हुँदै जान्छ मोबाइलको कभर, सफा गर्ने कसरी ?

टेकपाना टेकपाना

जेठ २२, २०७७ १६:२

यसकारण पहेँलो हुँदै जान्छ मोबाइलको कभर, सफा गर्ने कसरी ?

पक्कै पनि तपाईंले ख्याल गर्नु भएकै होला पारदर्शी मोबाइलको कभर प्रयोग गर्दै जाँदा विस्तारै पहेँलो हुँदै जान्छ ।  यस्तो बेलामा यसलाई सफा गर्ने सोँच तपाईंको मनमा आउन सक्छ ।

साच्चिकै के यसलाई सफा गर्न सकिन्छ ? सकिन्छ भने कसरी ? तपाईंसँग यस्ता अनेक खालका जिज्ञासा र प्रश्न हुन सक्छन् ।  तपाईंको मनमा रहेका यस्ता प्रश्न र जिज्ञासा आज हामी शान्त पार्दै छौं । 

पारदर्शी कभर किन पहेँलो हुँदै जान्छ ?

सूर्य र तापक्रमका कारण विस्तारै तपाईंको मोबाइल कभर पहेँलो हुँदै जान्छ । सूर्यको प्रकाश तातो हुनुका साथै त्यसमा अल्ट्राभायोलेट (यूभी) तथा अल्ट्रा रेडियसन समेत रहेको हुन्छ ।

मोबाइलको कभर प्लास्टिक तथ पोलिकार्बोनेटबाट बनेको हुन्छ । जसले अल्टा रेडियसनलाई सोस्ने काम गर्दछ । यदि तपाईंले ख्याल गर्नुभएको छ भने घामको प्रकाशमा प्लास्टिक वा पोलिकार्बोनेट राख्ने हो भने विस्तारै त्यसले रङ बदल्दै गएको देख्नु भएको होला ।

प्लास्टिक तथा पोलिकार्बोनेट पहेँलो हुनुमा तापक्रम पनि एउटा अर्को महत्वपूर्ण कारण हो । यदि तपाईंले आफ्नो मोबाइल बाहिरको घाममा लैजानु भएको छैन भने पनि कभर पहेँलो हुँदै गइरहेकै हुन्छ । मोबाइलबाट निस्किने तापक्रम सोस्ने भएकै कारण कभर पहेँलो हुँदै जान्छ । 

यति मात्र होइन फोनको कभर पहेँलो हुनुमा अरु कारण पनि हुन्छन् । प्रयोग गर्दा यसमा आउने स्क्याच, खाना पकाउँदा वा खाँदा हातमा लागेको चिल्लो पदार्थ, पसिना, धुलोका कण आदिले समेत पहेँलो बनाउन भूमिका खेलिरहेको हुन्छ ।

प्लास्टिक तथा पोलिकार्बोनेटमा धुलोका कण छिटो बस्ने गरेको तपाईंले ख्याल गर्नुभएकै होला । यसमा हातका औँलाका छाप समेत सहजै बसिरहेका हुन्छन् । यो त भयो फोन कभर पहेलो हुने कारण । अब भने अर्को विषयमा प्रवेश गरौं ।

तपाईंको मनमा पक्कैपनि पहिलो भएको कभरलाई पुरानै अवस्थामा फर्काउन सकिन्छ वा पहेँलो भएको कलर हटाएर सफा गर्न सकिन्छ भन्ने प्रश्न हुनुपर्छ ।

यहाँनिर ख्याल गर्नुपर्ने कुरा के छ भने जति पनि पोलिकार्बोनेट सामग्री हुन्छन्, ती निश्चित समयपछि पहेँलो हुन पुग्छन् । डिग्रेडेसन रियाक्सनका कारण यस्तो भइरहेको हुन्छ ।

जसमा अक्सिडेसन, फोटो अक्सिडेसन, रेडियसन, थर्मल जस्ता अनेक रियाक्सन हुन्छन् । यदि तपाईंले केमिस्ट्री पढ्नुभएको छ भने यसको विषयमा पक्कैपनि सुन्नुभएकै हुनुपर्छ ।

यस्ता जतिपनि रियाक्सन छन्, ती सबै केमिकल रियाक्सन हुन् । जसलाई इन्भर्टिबल अर्थात पुरानै अवस्थामा फर्काउन सकिँदैन । 

अब यति भएपछि प्रष्ट हुन्छ तपाईंको फोनको कभर कुनै किसिमको रियाक्सनका कारण पहेँलो भएको रहेछ भने त्यसलाई पुरानै अवस्थामा फर्काउन सम्भव छैन ।

यदि तपाईंले साबुनपानी, नुनपानी, तातो पानी, टूथपेस्ट आदिले सफा गर्ने कोसिस गर्नु भयो भने पनि थोरै सफा देखिएला । तर त्यसको कलरमा भने कुनै परिवर्तन वा सुधार देख्न सक्नुहुन्न । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१