close

फेसबुकमा पुराना पोस्ट एकसाथ डिलिट वा व्यवस्थापन गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

जेठ २२, २०७७ २१:४५

फेसबुकमा पुराना पोस्ट एकसाथ डिलिट वा व्यवस्थापन गर्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । के तपाईं आफ्नो फेसबुकमा शेयर तथा पोस्ट भएका पुराना पोस्टहरु डिलिट गर्न चाहनुहुन्छ ? त्यसो हो भने तपाईंको सहजताका लागि  फेसबुकले पुराना पोस्टहरुलाई डिलिट गर्ने नयाँ फिचर एक्टिभिटी म्यानेजमेन्ट सार्वजनिक गर्दैछ ।

यो नयाँ फिचरको मद्दतबाट फेसबुकको एउटा वा धेरै संख्यामा पोस्टहरुलाई एकैपटक डिलिट गर्न सकिनेछ । साथै निश्चित समय अवधिभित्र वा कुनै पनि निश्चित व्यक्तिसँगको पोस्टलाई खोज्न समेत यसमा सहज हुनेछ ।

टाइमलाइनबाट पोस्टहरु हटाउन यो फिचरमा विभिन्न किसिमका अप्सनहरु छन् । ती पोस्टहरुलाई ट्र्यासमा राख्न र अरुले देख्न नसक्ने बनाउन सकिन्छ ।

यसरी राखेको ३० दिनपछि त्यस्ता पोस्टहरु स्वतः स्थायी रुपमा डिलिट हुनेछन् । यदि ती पोस्टहरु स्थायी रुपमा डिलिट हुनु अगावै जोगाउन चाहनुहुन्छ भने रिस्टोर गर्न समेत सक्नुहुनेछ । 

तर म्यानुअल्ली रुपमा जानु भयो भने यसबाट तत्कालै डिलिट गर्न सकिन्छ । यस्तै ती पोस्टहरुलाई आर्काइभ बनाएर समेत राख्न सकिन्छ । 

आर्काइभमा बसेका पोस्टहरुलाई अरुले देख्न सक्दैनन् । तर आफूले जुनसुकै समयमा हेर्न भने सकिन्छ ।

डेटामाथि प्रयोगकर्ताहरुको आफ्नै नियन्त्रण कायम गराउने प्रयास स्वरुप यो नयाँ फिचर ल्याइएको फेसबुकले जनाएको छ । गत वर्ष फेसबुकले क्लियर हिस्ट्री टूल सार्वजनिक गरेको थियो । 

जसको मद्दतबाट प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टलाई वेब ब्राउजिङ डेटाबाट डिसकनेक्ट गराउन सक्छन् । तर क्लियर हिस्ट्रीले डेटा डिलिट भने गर्दैन । यसले फेसबुक अकाउन्टबीचको लिंकलाई मात्र विच्छेद गर्ने काम गर्दछ ।

हालका लागि यो फिचर मोबाइल एपमा मात्र उपलब्ध छ । निकट भविष्यमै डेक्सटप तथा फेसबुक लाइटमा समेत उपलब्ध हुने बताइएको छ । 

कसरी प्रयोग गर्ने ?

*सुरुमा आफ्नो फेसबुक एप अपडेट गर्नुहोस् ।

* फेसबुक प्रोफाइल पेजमा जानुहोस् र नयाँ पोस्ट कृयट गर्ने ठाउँमा पुग्नुहोस् । अब त्यहाँ तपाईंले नयाँ म्यानेज पोस्ट बटन देख्नुहुनेछ ।

* माथि दायाँतर्फ सेटिङसँगैको पोस्ट म्यानेज आइकनमा क्लिक गर्नुहोस् ।

* अब त्यहाँ तपाईंले पोस्टहरू  मितिको आधारमा फिल्टर गर्न सक्नुहुनेछ ।  यहाँ तपाईंले आफूलाई ट्याग गरिएका पोस्टको टोगल पनि देख्नुहुनेछ । 

* यसबाट आफुले चाहेको निश्चित पोस्ट वा फोटो डिलिट गर्न सक्नुहुन्छ ।  तर यहाँनिर याद राख्नुपर्ने कुरा के छ भने तपाईंले अरु कसैले राखेका पोस्ट वा फोटो भने हटाउन पाउनुहुने छैन । यदि तपाईं आफूलाई ट्याग गरिएका फोटो तथा पोस्ट हटाउन चाहनुहुन्छ भने सम्बन्धित साथीलाई आग्रह गर्नुपर्ने हुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१