close

सट्टेबाजीमा ईसेवा प्रयोग नगर्न कम्पनीको आग्रह*

टेकपाना टेकपाना

जेठ २३, २०७७ १३:१३

सट्टेबाजीमा ईसेवा प्रयोग नगर्न कम्पनीको आग्रह*

काठमाडौं । गैरकानूनी कार्यको भुक्तानीमा ईसेवा प्रयोग गरेको पाइएको छ । ईसेवा फोनपे प्रालिले गैरकानूनी कार्यको भुक्तानीका लागि आफ्नो माध्यम प्रयोग गरेको जानकारफ प्राप्त भएको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सरकारले कानून विपरित घषणा गरेका अनलाइन खेल, बाजी, बेटिङ तथा अन्य कुनै पनि कार्यमा कसैलाई भुक्तानीको माध्यमको रुपमा ईसेवाको प्रयोग नगर्न सचेत गराएको छ ।

उसले सूचनामा उल्लेख गर्दै भनेको छ, ‘यदि कसैले ईसेवा खाता भुक्तानीको माध्यम प्रयोग गरी यस्तो क्रियाकलाप गरेको पाइएमा हामीले सरोकारवाला निकायमा कारबाहीका लागि सिफारिस सहित जानकारी गराउनुका साथै त्यस्ता अकाउण्ट ब्ल गर्ने बाध्य हुनेछौं ।’ कम्पनीले त्यस्ता केही संकास्पद अकाउण्ट बन्द गरिएको समेत जानकारी दिएको छ ।

त्यस्ता व्यक्तिहरुलाई भविष्यमा समेत कम्पनीको सेवा प्रयोग गर्नबाट अयोग्य हुने आफ्नो नीति रहेको ईसेवाले स्पष्ट पारेको छ ।

यस्ता गैरकानूनी सेवामा ईसेवाको भुक्तानी गरेको जानकारी प्राप्त भएमा आफ्नो ग्राहक केन्द्रमा खबर गर्न समेत कम्पनीले आग्रह गरेको छ ।

*हेडलाइन अपडेट गरिएको ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१