close

साओमीमाथि ‘फ्ल्यागशिप किलर’ पोको एफ टू प्रोको मूल्यमा ग्राहक झुक्याएको आरोप

टेकपाना टेकपाना

जेठ २३, २०७७ १७:२१

साओमीमाथि ‘फ्ल्यागशिप किलर’ पोको एफ टू प्रोको मूल्यमा ग्राहक झुक्याएको आरोप

काठमाडौं । साओमीले आफ्नो नयाँ पोको फोन सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको उक्त पोको एफ टू प्रो फोन रेड्मी के थर्टी प्रो फोनको रिब्राण्डेड फोन हो । 

पोको एफ टू प्रोको फिचरका आधारमा यसलाई फ्ल्यागशिप किलर फोनको रुपमा व्याख्या गर्न थालिएको छ । नयाँ फोनमा स्नापड्रागन ८६५ चिप र क्वाड रियर फेसिङ क्यामेरा छ । यसमा ४,७०० एमएएचको ब्याट्री र ६.६७ इञ्चको एमोलेड प्यानल राखिएको छ । 

उक्त पोको एफ टु प्रोमा ६ जीबी र्‍याम तथा १२८ जीबी स्टोरेज रहेको छ । यसको मूल्य ४९९ युरो राखिएको छ । साओमीको यो मोडलले वान प्लसको प्रतिस्पर्धी मोडललाई पनि माथ दिएको छ । 

८ जीबी र्‍याम भेरियन्टको वान प्लस एट र पोकोको एफ टु प्रो प्रतिस्पर्धी मोडल हुन् । तर वानप्लस एटको तुलनामा सय यूरो कम मूल्य रहेको पोको फोनमा स्टोरेज समेत धेरै पाउन सक्नुहुन्छ । तर युरोपमा एफ टु प्रो उल्लेखित मूल्यमा उपलब्ध हुने छैन । 

साओमीले ६ जीबी र्‍याम तथा १२८ जीबी रोम रहेको पोको एफ टु प्रोलाई जर्मनीमा डललाई ५९९ यूरो तथा ८ जीबी र्‍याम तथा २५६ जीबी स्टोरेजको भेरियन्टलाई ६९९ यूरोमा बिक्री गर्दैछ । यस्तै स्पेनमा ८ जीबी तथा २५६ जीबी

भेरियन्टको मोबाइल भर्खरै ६४९ यूरोमा बिक्री गरिएको थियो । तर उक्त फोनको इन्ट्री लेभलको मोडललाई स्पेनमा साओमीले ४९९ यूरो पर्ने भनिए पनि यसको खुद्रा मूल्य चाहि ५४९ यूरो राखिएको छ ।

यसबीचको फोनको मूल्यलाई लिएर साओमीमाथि प्रश्न उठेका छन्  । कम्पनीले उक्त फोन सार्वजनिक गर्दा ४९९ यूरो र ५९९ यूरो मूल्य घोषणा गरेको थियो । तर साओमीले ती मूल्य ग्राहकहरुका लागि नभएर आफ्ना बाह्य च्यानलहरु अर्थात् वितरक तथा शोरुमहरुका लागि भएको बताइरहेको छ । 

साओमीले फोन सार्वजनिक गर्ने समयमा यो कुरालाई स्पष्टरुपमा राखेको थिएन । कम्पनीले अहिले एफ टु प्रोको मूल्य (४९९ यूरो) लाई  सगौरवका साथ ‘फ्ल्यागशिप किलर प्राइस’ को रुपमा प्रस्तुत गरेको छ । 

त्यसो त यहाँनिर उल्लेख गर्नुपर्ने विषय चाहिँ के छ भने यो फोनका लागि फिचरको हिसावले ६९९ यूरो पनि उचित मूल्य नै हो । तर कम्पनीले फोन सार्वजनिक कार्यक्रममा मूल्यको विषय स्पष्ट नगरेर ग्राहक झुक्याउने प्रयास गरेको आरोप लागेको छ ।

तर नेपालमा भने यो फोन अहिलेसम्म भित्रिसकेको छैन । साओमीले नभई नयाँ स्वतत्त्र ब्राणको रुपमा पोको फोन नेपाल आउने साओमी नेपालका डिजिटल मार्केटिङ हेड जीवन तामाङले जानकारी दिए । नेपालमा आउने टुंगो नालगेका कारण यसको मूल्य यकिन हुन सकेको छैन ।

एजेन्सीको सहयोगमा । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०