काठमाडौं । डिशहोमको डिलर दाइको डिस्काउन्ट योजना अन्तर्गत दुई जना भाग्यशाली ग्राहकले एक/एक लाख नगद पुरस्कार हात पारेका छन् । गत जेठ १६ देखि २२ गतेसम्म अनलाइनमार्फत वार्षिक रिचार्ज गर्ने ग्राहकमध्येबाट विजेता घोषणा गरिएको हो ।
शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नम्बर १०० बाट प्रशारण भएको लाइभ लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेता छनौट गरिएको थियो । लक्की ड्रबाट भाग्यशाली घोषित हुनेमा क्यास आईडी नम्बर ७१९०२८६६३०१ र ७१९०८९१८७०० रहेका छन् ।
विजेताहरुलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ नगद प्रदान गरिने कम्पनीले जनाएको छ । आउने लक्की ड्र अगामी जेठ २९ गते सोही च्यानलबाट प्रशारण हुने जनाइएको छ । जसमा शुक्रबारदेखि आउँदो बिहीबार अर्थात ३० गतेसम्म अनलाइन फण्ड ट्रान्सफरमार्फत वार्षिक रिचार्ज गर्ने ग्राहकहरु समेटिनेछन् ।