close

सरकार नियन्त्रित सञ्चारमाध्यममा लेबल लगाउने फेसबुकको निर्णयप्रति चीनको आपत्ति

टेकपाना टेकपाना

जेठ २३, २०७७ २०:१२

सरकार नियन्त्रित सञ्चारमाध्यममा लेबल लगाउने फेसबुकको निर्णयप्रति चीनको आपत्ति

एजेन्सी । चीनले सामाजिक सञ्जाल कम्पनीहरुले छानी छानी मिडिया एजेन्सीहरुलाई अवरोध उत्पन्न गराउन नहुने बताएको छ । फेसबुकले राज्यबाट नियन्त्रित मिडियाहरुलाई छुट्टै लेबल दिन सुरु गरेपछि चीनको त्यस्तो प्रतिक्रिया आएको हो । 

चीनका विदेशमन्त्री जेङ स्वाङले दैनिक ब्रिफिङमा पत्रकारहरुसँग बोल्दै भने विभिन्न मुलुकहरुका आफ्नै नियम कानूनभित्र बाँधिएर सञ्चालन भइरहेका सम्पूर्ण मिडियाहरुलाई समानरुपमा व्यवहार गर्नु पर्ने बताए । फेसबुकले सरकार नियन्त्रित मिडियाका फेसबुक पेजमा लेबलिङ लगाउने नीति लिएको छ ।

उसले रसियाको स्पुतनिक, इरानको प्रेस टीभी र चीनको सिन्ह्वाका लागि लेबल लगाएको छ । तर अमेरिकी सरकार नियन्त्रित मिडियामा भने फेसबुकको नयाँ नीति कार्यान्वयनमा आएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०