close

आईफ्लिक्स सेवा बन्द गर्दै एनसेल

टेकपाना टेकपाना

जेठ २३, २०७७ २०:४२

आईफ्लिक्स सेवा बन्द गर्दै एनसेल

काठमाडौं । एनसेलले आफ्नो भिडियो सेवा अन्तर्गतको आईफ्लिक सेवा बन्द गर्ने तयारी गरेको छ । कम्पनीले असार २४ देखि यो सेवा बन्द गर्ने घोषणा गरेको हो ।

सेवा बन्द हुँदा पर्न जाने असुविधा प्रति माफी माग्दै एनसेलल सो सम्बन्धी सूचना समेत जारी गरेको छ । सब्स्क्रिप्सनमा आधारित भिडियो स्ट्रिमिङ सेवा आईफ्लिक्सलाई एनसेलले नेपालमा प्रवर्द्धन गर्दै आएको थियो ।

भिडियो अन डिमाण्डको रुपमा तीन वर्षदेखि नेपालमा सञ्चालनमा ल्याएको यो सेवामा आधारित रहेर एनसेलले आफ्ना प्रयोगकर्तालाई विभिन्न अफर समेत उपलब्ध गराउँदै आएको थियो ।

मलेसियन कम्पनीको रुपमा रहेको आईफ्लिक्सले विभिन्न देशमा आफ्नो सेवा उपलब्ध गराउँदै आएको छ । जसमा विभिन्न टेलिभिजन शो, सिरिज तथा फिल्महरु राखिएका छन् ।

एनसेलको भिडियो सेवा अन्तर्गत iflix सेवा बन्द गरिने बारे सूचना !

Posted by Ncell on Friday, June 5, 2020

एसियाका १३ भन्दा बढी मुलुकमा उपलब्ध आईफ्लिक्सको सेवा नेपालमा बन्द गर्नुको कारण भने एनसेलले खुलाएको छैन । आईफ्लिक्समा हाल दुई करोड ५० लाखभन्दा बढी सक्रिय प्रयोगकर्ता रहेको बताइन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०