close

बालबालिकाहरु युट्युवमा जत्तिकै समय विताउँछन् टिकटकमा !

टेकपाना टेकपाना

जेठ २३, २०७७ २१:४७

बालबालिकाहरु युट्युवमा जत्तिकै समय विताउँछन् टिकटकमा !

एजेन्सी । बालबालिकाहरुको एप प्रयोग सम्बन्धमा एउटा नयाँ अनुन्धान भएको छ । उक्त शोधमा बालबालिकाहरुले अधिकांस समय युट्युवमा बिताउने गरेको पाइएको छ । 

युट्युवका अलावा ती बालबालिकाहरुले टिकटक , नेटफ्लिक्स तथा रोबलुक्स जस्ता मोबाइल गेमहरुमा समय बिताउँछन् ।  अनुसन्धानमा चार देखि १५ वर्षबीचका बालबालिकाले प्रतिदिन युट्युव भिडियोहरुमा औषत ८५ मिनेट र टिकटकमा ८० मिनेट बिताउने गर्छन् । 

अनुसन्धान प्रतिवेदनमा बालबालिकाहरुको सोसल एप प्रयोग बढाउन टिकटकले योगदान दिएको छ । २०१९ मा सय प्रतिशतले बढेको बालबालिकाहरुको सोसल एप प्रयोग २०२० मा भने दुईसय प्रतिशतले बढेको पाइएको छ । 

डिजिटल सेफ्टी एप निर्माणकर्ता कम्पनी कुस्टोडियोले उक्त शोधमा वेलायत, अमेरिका र स्पेनका चारदेखि १४ वर्ष उमेर समूहका बालबालिका रहेका ६० हजार घरधुरीबाट तथ्यांक संकलन गरेको थियो । 

यो तथ्यांकलाई विश्वभरको ट्रेण्डसँग तुलना गर्न भने मिल्दैन । उक्त शोधमा बालबालिकाहरुको २०१९ फेब्रुअरीदेखि २०२० अप्रिल बीचको अनलाइन गतिविधिलाई अध्ययन गरिएको थियो । 

कोभिड १९ को महामारीबीच बालबालिकाहरुले कस्ता अनलाइन सामग्रीहरुमा समय बिताउँछन् भन्ने कुराको अध्ययन गर्न शोधर्कताहरुले मोबाइल एप्लिकेसनलाई अनलाइन भिडियो, सोसल मिडिया, भिडियो गेम र शैक्षिक सामग्री गरी चार समूहमा वर्गीकरण गरेका थिए । ।  

युट्युव बालबालिकाहरु बीच अत्यधिक प्रयोग हुने एप भएको कुरा कुनै आश्यर्यको विषय भने होइन । चार वर्षअघि बालबालिकाहरु अनलाइनमा जति भिडियो हेर्ने गर्दथे, अहिले त्यसको दुई गुणा बढी हेर्ने गर्छन् । युट्युव १३ वर्षभन्दा माथिका प्रयोगकर्ताहरुका लागि बनाइएको एप भएता पनि यो अभ्यासमा देखिएन ।  

अमेरिकाको बालबालिकाको गोपनीयता सम्बन्धी नियमको उल्लंघन गर्दा युट्युवले २०१९ मा संघीय व्यापार आयोगलाई १७ करोड डलर जरिवाना पनि भुक्तानी गर्नु परेको थियो । 

आजको समयसम्म आइपुग्दा अमेरिकामा ६९ प्रतिशत बालबालिकाहरुले युट्युव एप प्रयोग गर्छन् भने वेलायतमा ७४ प्रतिशत र स्पेनमा ८८ प्रतिशत बालबालिकाहरुले यो एप प्रयोग गर्छन् ।

तर बालबालिकाहरुकै लागि बनेको युट्युवको विशेष एप युट्युव किड्स हाल अमेरिकामा सात प्रतिशत र वेलायतमा दश प्रतिशतले मात्र प्रयोग गर्छन् । यसबीच स्पेनमा यो विशेष एप प्रयोग गर्नेको संख्या नै देखिएको छैन ।

यस्तै अनलाइन भिडियोका लागि अर्को एप हो नेटफ्लिक्स । यो एपलाई अमेरिकामा ३३ प्रतिशत, बेलायतमा २९ प्रतिशत र स्पेनमा २८ प्रतिशत बालबालिकाहरुले हेर्ने गर्छन् । 

२०२० को सुरुवातमा अमेरिकामा बालबालिकाहरुले प्रतिदिन युट्युवमा ८६ मिनेट समय बिताउने गरेको पाइएको छ । जब कि २०१९ को सोही अवधिमा यो दर ८८ मिनेट थियो ।

यस्तै बेलायतमा पनि यस्तै परिवर्तन देखिएको छ । २०१९ मा ७७ मिनेट रहेकोमा २०२० को सुरुवातमा बालबालिकाको युट्युव प्रयोग ७५ मिनेटमा झरेको छ । स्पेनमा पनि २०१९ मा ६६ मिनेट समय युट्युवमा बिताउने बालबालिकाहरु २०२० मा ६३ मिनेट बिताउने गरेको देखिएको छ । 

लकडाउनका कारण एप प्रयोग गर्ने समय बढेको भए पनि युट्युवमा भने एकदमै कम मिनेटले मात्रै बढेको छ । अमेरिकामा मध्य अप्रिलमा बालबालिकाहरुले  युट्युवमा प्रतिदिन ९९ मिनेट समय विताउने गरेको पाइएको छ । 

युट्युवमा हेर्ने समय यसरी घट्नुको पछाडी टिकटकलाई कारण मानिएको छ । यदि युट्युवको कडा नियम तथा मोनिटाइजेसनमा घाटा हुँदै जाने हो भने भिडियो कृयटरहरुको रुची घट्दै जानसक्छ । त्यसको ठाउँमा टिकटकप्रतिको मोह बढ्न सक्ने देखिन्छ । 

टिकटकको कन्टेन्ट लाइनअप विस्तार हुँदै गर्दा कृयटरहरुको मोह टीकटकतिर बढ्दैछ । गत वर्ष सबैभन्दा धेरै डाउनलोड भएका शीर्ष पाँच एप मध्ये फेसबुक कम्पनीका चार एप थिए भने एउटा एप टिकटक थियो । यो एप अहिले सबै उमेर समूहबीच उत्तिकै फस्टाइरहेको छ । 

२०१९ को मेदेखि २०२० को फेब्रुअरीसम्ममा टिकटकमा बालबालिकाको संलग्नताको समय अमेरिकामा ११६ प्रतिशतले बढेर ८२ मिनेट पुगेको छ । यस्तै बेलायतमा ९७ प्रतिशतले बढेर ६९ मिनेट र स्पेनमा १५० प्रतिशतले बढेर ६० मिनेट पुगेको देखिन्छ ।

२०२० को फेब्रुअरीमा अमेरिकामा १६.५ प्रतिशत बालबालिकाहरुले टिकटक प्रयोग गर्दथे भने इन्स्टाग्राम २०.४ प्रतिशत र स्न्यापच्याट १६ प्रतिशतले प्रयोग गर्दथे । यस्तै वेलायत र स्पेनमा टिकटक प्रयोग गर्ने बालबालिकाहरुको संख्या क्रमश:  १७.७ प्रतिशत र ३७.७ प्रतिशत थियो ।

लकडाउनले टिकटकमा बालबालिकाहरुको संलग्नताको समयलाई बढाएर युट्युवको नजिक पुर्‍याउन लागेको छ । उदाहरणका लागि लकडाउनको समयमा बालबालिकाहरुले टिकटकमा ९५ मिनेट र युट्युवमा ९७ मिनेट समय बिताउने गरेका छन् । 

यस्तै अनलाइन गेमिङको कुरा गर्दा रोबलक्सले अमेरिका र बेलायतमा बर्चश्व काय गरेको छ । त्यहाँ क्रमश: ५४ र ५१ प्रतिशत बाललिकाहरुले यो गेम खेल्ने गर्छन् । तर स्पेनमा यो संख्या १७ प्रतिशत मात्र रहेको छ । स्पेनमा हाल बालबालिकाहरुले ब्राउल स्टार्स गेम रुचाइरहेका छन् ।

यस्तै मिनिक्राफ्ट गेम पनि अहिले लोकप्रिय छ । यो गेम अमेरिकामा ३१ प्रतिशत, बेलायतमा २३ प्रतिशत र स्पेनमा १५ प्रतिशत बालबालिकाहरुले खेल्ने गर्छन् ।  

गत फेब्रुअरीमा रोबलक्स गेममा अमेरिकी बालबालिकाहरुले औषतमा प्रतिदिन ८१ मिनेट समय बिताउने गर्दथे । जहाँ बेलायतका बालबालिकाहरु प्रतिदिन ७६ मिनेट र स्पेनका बालबालिकाहरुले ६४ मिनेट समय बिताउने गर्दछन् । औषतमा बालबालिकाहरुले अन्य गेमभन्दा रोबलक्समा २० मिनेट समय धेरै बिताउने गरेका छन् । 

लकडाउनको समयमा रोबलक्समा बालबालिकाहरुले आफ्नो समय बढाएका छन् । अमेरिका, बेलायत र स्पेनमा यो समय क्रमश: ३१ प्रतिशत, १७ प्रतिशत र ४५ प्रतिशतले बढेको छ । तर लकडाउनले गेमिङ एप चलाउने बालबालिकाहरुको संख्या भने बढाउन सकेको छैन । 

शैक्षिक एपको कुरा गर्दा लकडाउनभन्दा अगाडि २०१९ देखि २०२० मा प्रयोगको संख्या बढ्न सकेको देखिँदैन । तर तीनओटा बजार अध्ययनमा गूगलको क्लासरुमले जित हासिल गरेको देखिएको छ ।

अहिले गूगलको क्लासरुम एप स्पेनमा ६५ प्रतिशत, अमेरिकाका ५० प्रतिशत र बेलायतका ३१ प्रतिशत बालबालिकाहरुले प्रयोग गरिरहेका छन् । यस्तै होम वर्क एप वेलायतमा लोकप्रिय बन्दैछ । बेलायतमा यसको प्रयोग लकडाउनको अविधमा ४२ प्रतिशतले बढेको छ । 

सरकारले लकडाउन अन्त्य गरे पश्चात पनि शैक्षिक एपको प्रयोग लकडाउनभन्दा अगाडिको समयमा नफर्किने प्रतिवेदनमा बताइएको छ । 

‘हामी अहिले करीब २५ अर्ब कनेक्टेड डिभाइस भएको विश्वमा छौं । अध्ययन प्रतिवेदनले अधिकांश डिभाइसहरु बालबालिकाको हातमा रहेको देखिएको छ,’ कुस्टोडियोको प्रतिवेदनमा लेखिएको छ,

‘आज औषतमा एउटा बच्चाले अमेरिकामा प्रतिदिन सय मिनेट युट्युव भिडियो हेर्ने गर्छन्, बेलायतमा करीब ७० मिनेट टिकटकमा समय बिताउँछन् र स्पेनका बालबालिकाहरुले रोबलक्समा करिब ९० मिनेट समय बिताउँछन् । यसकारण अब विश्व पहिलेको अवस्थामा फर्किने छैन । किनभने स्क्रीनमा विताउन समयको दर बढिसकेको छ । कोभिड १९ मा यो अझ बढेको छ ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०