close

नेपालमा विद्युतीय सवारीसाधनमा कर थपियो, तर जर्मनीले दुई गुणाले बढायो अनुदान

टेकपाना टेकपाना

जेठ २५, २०७७ २०:४८

नेपालमा विद्युतीय सवारीसाधनमा कर थपियो, तर जर्मनीले दुई गुणाले बढायो अनुदान

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले डलर बाहिरिनबाट रोक्नुपर्ने भन्दै केही दिन अघि बजेटमार्फत विद्युतीय सवारी साधनको खरिदमा भन्सार र अन्त शूल्क बढाउने घोषणा गरे । सरकारको त्यस्तो निर्णयको अहिले सत्ताधारी दलकै कतिपय नेताहरुले विरोध गरिरहेका छन् ।  

तर युरोपेली मुलुक जर्मनीले भने ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधनमा दिइँदै आएको अनुदान दुई गुणाले बढाउने निर्णय गरेको छ । विद्युतीय सवारीसाधन खरिदका लागि क्रेतfहरुलाई जर्मन सरकारले स्टिमुलस पेमेन्ट दुई गुणाले बढाउने तयारी गरेको हो । 

अब जर्मनीमा विद्युतीय सवारीसाधन खरिद गर्नेहरुले दश हजार डलर अर्थात १२ लाख रुपैयाँसम्मको अनुदान पाउन सक्छन् । यसअघि जर्मन सरकारले विद्युतीय सवारीसाधन खरिद गर्ने ग्राहकहरुलाई ३,३६० डलर अनुदान दिँदै आइरहेको थियो । अब यो बढेर ६,७०० डलर पुगेको छ । 

सवारीसाधन निर्माता कम्पनीलाई दिइने ३,३६० डलरको अनुदान भने बढ्ने छैन । यसरी समग्रमा ग्राहकहरुले अब दश हजार डलरको अनुदानमा विद्युतीय सवारीसाधन खरिद गर्न सक्नेछन् ।

सरकारले उक्त दश हजार डलरको अनुदान ४५ हजार डलर अर्थात ५४ लाख रुपैयाँभन्दा कम मूल्य पर्ने विद्युतीय सवारीहरुका लागि मात्र प्रदान गर्नेछ । जर्मन सरकारले पेट्रोल तथा डिजेलबाट चल्ने सवारीसाधन शून्यमा झार्ने योजना अनुरुप यस्तो अनुदान प्रदान गर्न थालेको हो । 

वेलायत सरकारले पनि २०३५ सम्ममा डिजेल तथा पेट्रोलबाट चल्ने सवारीसाधनको बिक्रीमा प्रतिबन्ध लगाईसक्ने योजना बनाएको छ । २०२१ को अन्त्यसम्ममा उक्त अनुदान सबैलाई उपलब्ध हुनेछ । 

https://thenextweb.com/shift/2020/06/04/germany-to-give-citizens-up-to-10k-towards-a-new-electric-car-doubling-its-subsidy/

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०