close

चिनियाँ एप नै टिकटकको प्रतिस्पर्धामा

टेकपाना टेकपाना

जेठ २६, २०७७ १०:५८

चिनियाँ एप नै टिकटकको प्रतिस्पर्धामा

एजेन्सी । टिकटकपछिको दोस्रो ठूलो चिनियाँ भिडियो एप निर्माता कम्पनी क्वाइसाउको  जेन एप अमेरिकाको लोकप्रिय एप बनेको छ । गत मेमा सार्वजनिक भएको उक्त एप एक महिनाभित्रै एप्पल एप स्टोरमा सबैभन्दा लोकप्रिय एप बनेको हो । 

जेनको इन्टफेस दुरुस्तै टिकटकको जस्तै छ ।  प्रयोगकर्ताहरुले यसमा अन्य प्रयोगकर्ताको छोटो भिडियो फीड आफ्नो वालमा हेर्नसक्छन् । तर जेनले आफूलाई टिकटक जस्तो मनोरञ्जनमा मात्र सिमित राखेको भने छैन । 

यो एपमा प्रयोगकर्ताले आफ्ना साथीहरुलाई एप डाउनलोड गर्न इन्भाइट पठाउन सक्छन् । त्यसवापत् पैसा कमाउन सक्छन् । 

प्रयोगकर्ताले इन्भाइट पठाएको साथी एपमा कति सक्रिय छ, त्यस आधारमा प्रति इन्भाइट २० डलरसम्म पैसा कमाउन सक्छन् । यसबाहेक भिडियो हेरेर पनि प्रयोगकर्ताले अंक प्राप्त गर्न सक्छन्, जसलाई पैसामा बदल्न सकिन्छ । 

तर यो एप चीनमा भने उपलब्ध छैन । क्यानडा र अमेरिकाका प्रयोगर्कताले जेन एप प्रयोग गर्न सक्छन् । विश्वभर लोकप्रिय बनेको स्वदेशी कम्पनी बाइटड्यान्सको टिकटक एपको विरासतलाई समाप्त पार्न क्वाइसाउ प्रयासरत छ ।

जेन एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०