close

अस्ट्रेलियाका नेपालीले बनाए लुकेरै कुरा गर्न मिल्ने एप

टेकपाना टेकपाना

जेठ २६, २०७७ १३:५२

अस्ट्रेलियाका नेपालीले बनाए लुकेरै कुरा गर्न मिल्ने एप

काठमाडौं । अस्ट्रेलियाका नेपालीहरुले लुकेरै कुरा गर्न मिल्ने ‘आइकन फेस’ एप तयार पारेका छन् । कोरोनाभाइरस तथा लकडाउनका कारण भइरहेको तनावलाई कम गर्न असनेप आईटी सोलुसन्सले यस्तो एप विकास गरेको हो ।

यो एपबाट मानिसहरुले आफ्ना गोप्य कुराहरु सेयर गर्न सक्ने बताइएको छ । नाम खुलाएर कुरा गर्न तथा परामर्श लिन अप्ठ्यारो महशुस गर्नेहरुका लागि यो एप उपयोगी हुने कम्पनीको विश्वास छ।

एपबाट आफूले माया गर्ने व्यक्तिहरुसँग मनका कुरा समेत साँट्न सकिन्छ । अस्ट्रेलियामा रहेका युवाहरुले स्थापना गरेको असनेप आईटी सोलुसन्सको शाखा नेपालमा समेत रहेको छ ।

एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ र आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०