close

विकटमा फोरजी पुर्‍याइने, सशस्त्रको बीओपी भएका ठाउँमा टेलिफोन

टेकपाना टेकपाना

जेठ २७, २०७७ १३:२

विकटमा फोरजी पुर्‍याइने, सशस्त्रको बीओपी भएका ठाउँमा टेलिफोन

काठमाडौं । अर्थ एवम् सूचना तथा सञ्चार मन्त्री डा. युवराज खतिवडाले दूरसञ्चारको पहुँच नभएका ठाउँमा सेवा पुर्‍याउन सरकार लागिरहेको बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा आगामी आगामी आर्थिक बर्ष २०७७/७८ को बजेट माथी उठेका प्रश्नको जवाफ दिदैं हुम्ला, गोरखा, जुम्लासहित दूरसञ्चारको पहुँच नभएका ठाउँहरुमा यसको पहुँच बढाउने काम भइरहेको उनले बताए ।

त्यस्ता क्षेत्रमा फोरजीको समेत टावर स्थापना गरेर सेवा पुर्‍याइने उनले बताए । त्यस्तै सरकारले देशका विभिन्न ठाउँमा स्थापना गरेका सशस्त्र प्रहरीको बीओपीमा पनि दूरसञ्चार सम्पर्कको प्रबन्ध गरिने उनले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०