close

कोरोनाको स्वाब निकाल्ने सुइरो नेपालमै बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

टेकपाना टेकपाना

जेठ २७, २०७७ १६:३१

कोरोनाको स्वाब निकाल्ने सुइरो नेपालमै बनाउँदै राष्ट्रिय आविष्कार केन्द्र

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रले कोरोनाभाइरस परीक्षणका लागि स्वाब संकलन गर्ने क्रममा प्रयोग हुने सुइरो नेपालमै बनाउने भएको छ । केन्द्रले जापानबाट आवश्यक मेसिन आयात गरी नेपालमै सुइरो बनाउने कार्य थालेको हो ।

आविष्कार केन्द्रका संस्थापक तथा सामाजिक अभियान्ता महाबिर पुनका अनुसार १४ लाख रुपैयाँ पर्ने कोरोना स्वाब निकाल्ने सुइरो बनाउने मेसिन तथा थ्रीडी प्रिन्टर नेपाल एअरलाइन्सबाट काठमाडौं आइपुगेको छ । साथमा कोरोना रोकथाम गर्न आवश्यक अन्य सामग्रीहरु समेत रहेको बताइएको छ ।

Image
कोरोनाभाइरसको स्वाब संकलनका लागि आवश्यक सुइरो बनाउने थ्रीडी प्रिन्टर

नेपालमै सुइरो बनाउन आवश्यक मेसिन खरीदका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) जापान तथा अन्य नेपालीले २१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको पुनले उल्लेख गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०