close

म्याकमा इन्टेलको साटो एआरएम चिप प्रयोग गर्दै एप्पल

टेकपाना टेकपाना

जेठ २७, २०७७ २१:१९

म्याकमा इन्टेलको साटो एआरएम चिप प्रयोग गर्दै एप्पल

एजेन्सी । एप्पलले इन्टेल प्रोसेसर चिपलाई छोडेर आफ्नै एआरएम चिप प्रयोग गर्ने भएको छ । जून २२ मा भर्चुअल रुपमा आयोजना हुने एप्पलको वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्समा कम्पनीले यसको घोषणा गर्ने भएको हो ।

यद्यपी स्वास्थ्य संकटकालका कारण कम्पनीले कन्फ्रेन्सको मिति परिवर्तन गर्न सक्ने सम्भावना छ । कम्पनीले म्याकमा  एआरएम चिप प्रयोग गर्ने कुरा लामो समयदेखि चलिरहेको छ ।

कम्पनीले एआरएम प्रोसेसरसहितको पहिलो म्याक डिभाइस २०२१ सम्ममा ल्याउने योजना बनाएको छ । एप्पलले आफ्नो ‘कालामाटा प्रोजेक्ट’ को आईफोन ए फोर्टिन चिपमा जस्तै तीनवटा एआरएममा आधारित म्याक प्रोसेसर निर्माण गरिरहेको छ । 

एप्पलले एआरएम हार्डवेयर सार्वजनिक गर्न अझै महिनौं लाग्न सक्छ । यसबीच एप्पलले नयाँ विकासका लागि डेभलपरहरुलाई सफ्टवेयर अप्टिमाइज गर्न दिने योजना सार्वजनिक गर्नेछ । 

इन्टेलको चिपमा म्याकको पर्फमेन्समा सुस्तता आएपछि कम्पनीले एआरएम चिपमा म्याक परीक्षण गरेको थियो । एआरएम चिपमा डिभाइसको पर्फमेन्स राम्रो देखिएपछि कम्पनीले यो ठूलो परिवर्तनको निर्णय लिने भएको हो । 

पावर इफिसेन्सीमा राम्रो मानिएको एआरएम प्रोसेसर प्रयोग गर्दा यसले भावी दिनमा म्याकबूकलाई सानो र हलुका समेत बनाउने छ । ब्लुमबर्गको रिपोर्ट अनुसार यो चिप म्याकको सम्पूर्ण लाइनअपमा प्रयोग हुनेछ । 

सन् २००५ को डेभलपर कन्फ्रेन्सताका स्टिभ जब्सले कम्पनीलाई पावर पीसीबाट इन्टेल चिपमा सिफ्ट गराएका थिए । सोहीँ वर्ष एप्पलको पहिलो इन्टेल चिप सहितको कम्प्युटर सार्वजनिक भएको थियो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०