close

विद्यालयलाई स्मार्ट बनाउने स्कूल म्यानेजमेन्ट सफ्टवेयर निःशूल्क, यसरी गर्नुहोस् सम्पर्क

टेकपाना टेकपाना

जेठ २७, २०७७ २१:४३

विद्यालयलाई स्मार्ट बनाउने स्कूल म्यानेजमेन्ट सफ्टवेयर निःशूल्क, यसरी गर्नुहोस् सम्पर्क

काठमाडौं । स्मार्ट स्कूलको अवधारणामा डीजी स्कूलले स्कूल म्यानेजमेन्ट सफ्टवेयर विकास गरेको छ । डीजी स्कूल ग्लोबलले विद्यालयका सम्पूर्ण गतिविधिलाई अनलाइन माध्यमबाट व्यवस्थित गरी विद्यालयहरुलाई स्मार्ट बनाउने अवधारणामा ‘स्कूल म्यानेजमेन्ट सफ्टवेयर’ तयार पारेको हो ।

स्कूलले यो सफ्टवेयर तत्काललाई नि:शूल्क उपलब्ध गराउने समेत बताएको छ । वेलायतको एनससीसी एजुकेसनले स्कूले विद्यार्थीका लागी तयार पारेको कम्प्युटर पाठ्यक्रम ‘डीजी स्कूल’लाई नेपालमा प्रवर्द्धन गर्न ‘विद्यालय सपोर्ट कार्यक्रम’ अन्तर्गत सफ्टवेयर तयार पारिएको बताइएको छ ।

डीजी स्कूलको कम्प्युटर कोर्ष लागू भएका विद्यालयलाई पाँच बर्षका लागि र अन्य सबै विद्यालयलाई एक बर्षका लागि सफ्टवेयर नि:शूल्क दिइने डीजी स्कूल ग्लोबलको प्रवर्द्धक सफ्टवेरिका कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले जानकारी दिए ।

सफ्टवेयर संयोजक मनिषा खड्का अनुसार सफ्टवेयर प्रयोग गर्न चाहने विद्यालयले ९८०१२२४२७७ मा सम्पर्क गर्न तथा ईमेल पठाउन सक्नेछन् । (यहाँ क्लिक गरी ईमेल पठाउन सकिनेछ ।)

के छ डीजीको स्कूल म्यानेजमेन्ट सफ्टवेयरमा ?

यो सफ्टवेयर मार्फत विद्यार्थी तथा शिक्षकको डेटाबेस, हाजिरी र विदा, शूल्क संकलन, रिसेप्सन अभिलेख, आम्दानी तथा खर्च सबैको ब्यवस्थापन लगायतका काम गर्न सकिन्छ । अनलाइन परीक्षा प्रणाली समेत रहेको यो सफ्टवेयरमा भौतिक रुपमा लिइएको परिक्षाको अभिलेख समेत राख्न मिल्छ।

गृहकार्य दिने/लिने सँगै विद्यार्थी र शिक्षकलाई आवश्यक विभिन्न पाठ्यसामग्री डाउनलोड गर्ने सुविधा समेत यसमा रहेको छ । शिक्षकहरुको आन्तरिक सञ्चारदेखि अभिभावकसँगको अनलाइन सञ्चार, लाइब्रेरीको अभिलेख, जिन्सी खाता तथा मानव संसाधनको अभिलेख जस्ता कार्य समेत सफ्टवेयरकै माध्यमबाट गर्न सकिन्छ ।

यसैगरी स्कूल बस र होस्टेलका सम्पूर्ण गतिविधिको अभिलेख राख्ने तथा विद्यार्थीको प्रगति विवरण र प्रमाणपत्र हेर्न र प्रिन्ट गर्न मिल्ने व्यवस्थासँगै शैक्षिक क्यालेन्डरको अपडेट सुविधा पनि यसैमा रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०