close

होण्डाको अन्तर्राष्ट्रिय उत्पादन केन्द्रमा साइबर आक्रमण

टेकपाना टेकपाना

जेठ २८, २०७७ १०:२३

होण्डाको अन्तर्राष्ट्रिय उत्पादन केन्द्रमा साइबर आक्रमण

काठमाडौं । जापानिज कार निर्माता कम्पनी होण्डाको मूख्य कार्यालयमा साइबर आक्रमण भएको छ । कम्पनीले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएको हो ।

कम्पनीका अनुसार ह्याकरले कम्पनीको मूख्य कम्प्युटर सर्भरमा आक्रमण गरको छ । जसले गर्दा जापानमा रहेका अन्य कार्यालयको उत्पादनमा समेत समस्या आएको छ ।

हाल त्यसको समाधानका लागि काम भइरहेको र चाँडै उत्पादन, बिक्री र निर्माणका काम पूर्ण रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

साइबर आक्रमणका कारण हाल आर्थिक र ग्राहक केन्द्र पूर्ण रुपमा बन्द गरिएको छ । कम्पनीले आर्थिक कारोबार र ग्राहक सेवामा आएको अवरोधका कारण पर्ने असुविधा प्रती क्षमा माग्दै ट्वीट गरेको छ ।

हालसम्म उपलब्ध प्रतिवेदन अनुसार साइबर आक्रमणमा ‘स्नेक र्‍यानसमवेयर’ प्रयोग भएको हुनसक्ने अनुमान गरिएको छ । स्नेक र्‍यानसमवेयर अन्य फाइल इन्क्रिप्टिङ मालवेयर जस्तै हो ।

यसले फाइल तथा डकुमेन्टलाई स्क्र्याम्बल गरी फिरौतको माग गर्दछ । त्यस्तो फिरौतीको रकम भने धेरै जसो क्रिप्टो करेन्सीमा हुने गरेको छ । तर, यो विषयमा भने होण्डाले कुनै किसिमको जानकारी बाहिर ल्याएको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०