close

फेसबुक र इन्स्टाग्रामले महिनौंपछि हटाए ह्यासट्याग शिखमाथिको प्रतिबन्ध

टेकपाना टेकपाना

जेठ २८, २०७७ १४:४२

फेसबुक र इन्स्टाग्रामले महिनौंपछि हटाए ह्यासट्याग शिखमाथिको प्रतिबन्ध

एजेन्सी । फेसबुक र इन्स्टाग्रामले अन्ततः करिब तीन महिना पछि ह्यास ट्याग शिख माथिको  प्रतिबन्ध हटाएको छ । इन्स्टाग्रामको सार्वजनिक सम्बन्ध विभागको टिमले ट्वीट मार्फत त्यस्तो जानकारी गराएको हो । 

इन्स्टाग्रामले भूलवश त्यस किसिमको प्रतिबन्ध लागु भएको ट्वीटमार्फत स्पष्टीकरण दिएको छ । गत हप्ता सार्वजनिक दबावका कारण त्यस्तो प्रतिबन्ध हटाएको इन्स्टाग्रामले गत मार्च सातदेखि आफ्नो प्लेटफर्ममा ह्यासट्याग शिख लेखिएका कुनै पनि सामग्री पोस्ट वा शेयर गर्नबाट रोक लगाएको थियो । 

इन्स्टाग्रामले ट्वीटरमा लेखेको छ, ‘हाम्रो प्रक्रिया यहाँ असफल भयो, हामी क्षमाप्रार्थी छौं ।’ विश्वभर करिब ३ करोड जनसंख्या रहेको शिख धर्मावलम्बीहरु मध्ये अमेरिकामा मात्र पाँच लाखको संख्यामा छन् । 

भारतीय सैनिकहरुले सन् १९८४ को जुन १ देखि ८ सम्म शिख मठविरुद्ध सञ्चालन गरेको सैन्य रेड (जसलाई इतिहासमा अपरेसन ब्ल्युस्टार भनेर चिनिन्छ) मा पाँच सय जना सर्वसाधारणहरुले ज्यान गुमाएका थिए । 

भारतमा शिख धर्मावलम्बी माथि पछिल्ला वर्षहरुमा समेत हिंसाहरु हुँदै आएका छन् । सोही हिंसाको सम्झनामा सामाजिक सञ्जालमा  ह्यासट्याग नेभर फर्गेट १९८४ अभियान चलाइएको थियो ।

इन्स्टाग्रामले ट्वीट मार्फत शिख समुदायका लागि दुखत घडीमा उनीहरुको आवाजलाई दबाउनु आफ्नो उद्देश्य नभएको  र यस्तो गल्ती दोहोरिन नदिन आवश्यक कदम चाल्ने बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०