close

शेयर गर्नुअघि पढ्नैपर्ने ट्वीटरको नयाँ नियम

टेकपाना टेकपाना

जेठ २९, २०७७ १३:१९

शेयर गर्नुअघि पढ्नैपर्ने ट्वीटरको नयाँ नियम

एजेन्सी । ट्वीटरले भ्रामक सूचनाको प्रशारलाई रोक्ने प्रयासस्वरुप बुधबार नयाँ फिचरमाथि परिक्षण गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार प्रयोगकर्ताहरुले कुनै पनि कुरा शेयर गर्नु अघि ट्वीटरले त्यस्ता सामाग्रीका लागि एउटा लिंक दिनेछ । त्यसलाई खोलेपछि मात्र प्रयोगकर्ताहरुले शेयर गर्न सक्छन् । 

स्वस्थ र सूचित सार्वजनिक सञ्चारको वातावरण तयार गर्न ट्वीटरले यो फिचरको डिजाइन गरेको हो । यदि कुनै पनि प्रयोगकर्ताले लेख तथा पोस्ट नपढेरै रिट्वीट गर्न खोजे भने ट्वीटरले सुरुमा त्यसबारे लिंक खोलेर पढ्न प्रयोगकर्तालाई आग्रह गर्दछ ।

उक्त फिचर तत्कालका लागि एन्ड्रोइड डिभाइसमा लागि परीक्षण गरिंदैछ । यद्यपी प्रोम्प्टबाट ट्याप थ्रु चयन गरेर पनि प्रयोगकर्ताहरुले लिंक नखोली म्यासेज रिट्वीट गर्न सक्दछन् । ट्वीटरले कुनै पनि प्रयोगकर्ताले लिंक खोलेको अथवा नखोलेको समेत चेक गर्ने बताएको छ । 

केही प्रयोगकर्ताहरुले भने ट्वीटरले आफ्नो प्लेटफर्मबाट बाह्य लिंकमा क्लिक गराएर आम्दानीको अर्को स्रोत पहिल्याउने प्रयास गरेको आरोप लगाएका छन् । तर ट्वीटरले त्यस्तो आरोपलाई खण्डन गर्दै प्रोम्प्टबाट प्लेटफर्मले कुनै एड प्रडक्ट परीक्षण नगरेको स्पष्टीकरण दिएको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०