close

तियानमेन स्क्वायरका पूर्व विद्यार्थी नेताको जूम अकाउन्ट प्रतिबन्ध !

टेकपाना टेकपाना

जेठ २९, २०७७ १८:०

तियानमेन स्क्वायरका पूर्व विद्यार्थी नेताको जूम अकाउन्ट प्रतिबन्ध !

एजेन्सी । जूमले अमेरिकामा बसोबास गर्ने चिनियाँ सरकार विरोधी नागरिकहरुको समूहको अकाउन्टमा प्रतिबन्ध लागाएको छ । उक्त समूहले तियानमेन स्क्वायरको नरसंहारको स्मृति सभा मनाउन जूमको भिडियो कन्फ्रेन्सिए एप प्रयोग गरेपछि उनीहरुको अकाउन्ट बन्द गरिएको हो । 

अमेरिकाबाट होस्ट भएको उक्त मिटिङमा चीनबाट पनि सहभागीता जनाएका थिए । अमेरिका स्थित चिनियाँ अधिकारकर्मीहरुको एक समूहले जूममार्फत उक्त वार्षिक स्मृतिसभाको आयोजना गरेको थियो । 

 उक्त मिटिङमा  प्रजातन्त्र पक्षधर भनिने प्रमुख विद्यार्थी नेता वाङ दान पनि सहभागी थिए । सन् १९८९ जुन ४ मा चिनियाँ सेनाहरुले प्रजातन्त्र पक्षधर भनिएको विद्यार्थी आन्दोलन दबाउन तियानमेन स्क्वायरमा नरसंहार मच्चाएको बताइन्छ । 

सन् १९८९ मा चिनियाँ विद्यार्थी नेता बायाँदेखि दायाँतर्फ: चाइ लिङ, वाङ दान, फेङ कंग्डे र लि लू © Reuters

वाङले जूम मिटिङ रद्द भएको स्क्रीन सट्स फाइनाइन्सियल टाइम्सलाई उपलब्ध गराएका थिए । जसमा उक्त समूहका जूम सब्स्क्रिप्सन लिएका दुई अकाउन्ट बन्द भएको देखाइएको थियो । 

गत ४ जुनमा मिटिङ सुरु भएको केही समयमै मिटिङ बन्द भएको बताइएको छ । जूमले तियामेनको स्मृति समारोहले स्थानीय कानून उल्लंघन गरेका कारण मिटिङ र अकाउन्ट बन्द गरिएको स्पष्टीकरण दिएको छ । जूमले आफ्नो मिटिङमा सहभागी हुने प्रत्येक नागरिकले  स्थानीय कानूनको पालना गर्नुपर्ने समेत उल्लेख गरेको छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०