close

फेसबुक-इन्स्टाग्राम स्टोरी जस्तै ट्वीटरमा फ्लीट, रिएक्सन समेत परीक्षणमा

टेकपाना टेकपाना

जेठ २९, २०७७ १९:९

फेसबुक-इन्स्टाग्राम स्टोरी जस्तै ट्वीटरमा फ्लीट, रिएक्सन समेत परीक्षणमा

काठमाडौं । ट्वीटरले भर्खरै आफ्नो फ्लीट फिचर सार्वजनिक गरेको छ । फ्लीट फेसबुक र ट्वीटरको स्टोरी जस्तै हो । जुन २४ घण्टापछि आफै हराउँछ । तर ट्वीटरको फ्लीट हेर्न तलमाथि स्क्रोल गर्नुपर्छ । 

फ्लीटमा पनि प्रयोगकर्ताहरुले रिप्लाई, रिएक्सन समेत दिनसक्छन् । फ्लीटमा आउने रिएक्सनलाई प्रयोगकर्ताले ट्वीटरको डाइरेक्ट म्यासेजमा गएर चेक गर्नसक्छन् । यद्यपी यो फिचर हालसम्म ट्वीटरले सबै प्रयोगकर्ताका लागि प्रयोगमा ल्याइसकेको छैन ।

ट्वीटरको फ्लीट फिचरमाथि हालसम्म धेरै मिश्रित टिप्पणीहरु आएका छन् । यसबीच कम्पनीले अर्को नयाँ फिचरमाथि काम गरिरहेको खबर आएको छ । विकासको चरणमा रहेको यो नयाँ फिचरले अब हरेक ट्वीटमा प्रयोगकर्ताहरुलाई इमोजी तथा फ्लीटले रिएक्ट गर्ने सुविधा दिनेछ ।

सोसल मिडिया लिकरको रुपमा परिचित जेन मानचुङ वाङका अनुसार ट्वीटर अन्तरक्रियात्मक टाइमलाइन बनाउन लागि परेको छ । वाङले शेयर गरेको स्क्रीनशटमा हरेक ट्वीटमा अब चार अप्सन आउने देखिएको छ ।

पहिलो विकल्पमा अहिलेजस्तै ट्वीट रिट्वीट गर्ने अप्सन छ । यस्तै दोस्रो विकल्पमा ट्वीटलाई कमेन्ट सहित रिट्वीट गर्न सकिन्छ । तेस्रो विकल्पमा ट्वीटलाई रियाक्ट गर्न तथा इमोजी छान्न पाइन्छ भने अन्तिम तथा चौथो अप्सनमा फ्लीट मार्फत रिएक्ट गर्न सकिन्छ ।

कम्पनीबाट हालसम्म यसबारे कुनै पनि आधिकारिक घोषणा बाहिर आइसकेको छैन । सम्भवत: यदि तपाईंले फ्लीटबाट रिएक्ट गर्नु भयो भने फ्लीटमा रिएक्सन सहित अक्षर, इमोजी वा जीआईएफको स्वरुपमा हुनसक्छ ।

यसले इन्स्टाग्रामको स्टोरी जस्तै काम गर्नसक्छ । इन्स्टाग्राममा जब तपाईंले कसैको पोस्टलाई आफ्नो स्टोरीमा शेयर गर्नुहुन्छ, त्यतिखेर वास्तविक पोस्टलाई चेक गर्न तपाईले अप्सन पाउनुहुन्छ ।

यसका लागि तपाईंले आफ्नो स्टोरी भित्रको अरुको पोस्टलाई क्लिक गर्नुपर्ने हुन्छ । तर ट्वीटरले यो फिचरलाई समावेश गर्छ वा गर्दैन भनेर कम्पनीको धारणा नआएसम्म यकिन भन्न चाहिँ सकिँदैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०