close

मोबाइलमा प्राप्त कोड अरुसँग शेयर नगर्न टेलिकमको आग्रह

टेकपाना टेकपाना

जेठ ३०, २०७७ १३:३९

मोबाइलमा प्राप्त कोड अरुसँग शेयर नगर्न टेलिकमको आग्रह

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले आफ्ना प्रयोगकर्तालाई मोबाइलमा प्राप्त ओटीपी कोड अरुसँग शेयर नगर्न आग्र गरेको छ । टीपी कोडमार्फत व्यक्तिका विभिन्न प्लेटफर्ममा रहेका अकाउण्ट अन्य व्यक्तिले नियन्त्रणमा लिन सक्ने जोखिम बढेसँगै टेलिकमले सचेत गराएको हो ।

कम्पनीले प्रयोगकर्तालाई आफ्नो व्यक्तिगत गोपनीयता जोगाउन मोबाइलमा आएका कुनै पनि सेक्युरिटी कोड तथा ओटीपी कोड अन्य व्यक्तिलाई नदिन भनेको छ । यस्ता कोड अन्य व्यक्तिसँग शेयर गर्दा मोबाइल नम्बर प्रयोग गरिएका फेसबुक, ट्वीटर, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालदेखि ईमेल आईडी, मोबाइल बैंकिङ तथा डिजिटल वालेट समेत जोखिममा पर्न सक्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०