close

अब अनलाइनमै कान्ति बाल अस्पतालको ओपीडी टिकेट

टेकपाना टेकपाना

जेठ ३०, २०७७ १५:११

अब अनलाइनमै कान्ति बाल अस्पतालको ओपीडी टिकेट

काठमाडौं । महाराजगञ्ज स्थित कान्ति बाल अस्पतालको टिकेट अब अनलाइनमै उपलब्ध हुने भएको छ । अस्पतालले शुक्रबारदेखि बहिरंग तथा ओपीडी सेवाको टिकेट अनलाइनबाटै उपलब्ध गराउन थालेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयबाटै यो सेवाको उद्घाटन गरेका छन् । हाललाई एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले गूगल प्लेस्टोरबाट ‘कान्ति चिल्ड्रेन्स हस्पिटल’ एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन् ।

एप्पल एप स्टोर तथा अस्पतालकै वेबसाइटबाट समेत छिट्टै अनलाइनबाटै टिकेट लिन सकिने गरी सेवा विस्तार गरिने जनाइएको छ । अस्पतालको ओपीडी टिकट दर ५० रुपैयाँ रहेकोमा अनलाइन दर्ता शूल्क वापत सुरुमा थप ३० रुपैयाँ लाग्ने जनाइएको छ ।

अस्पतालका अनुसार त्यस्तो शूल्क वर्षमा एकपटक मात्र लाग्नेछ । मोबाइल एपमा आफूले सेवा रोजी खल्ती, ईसेवा, प्रभु पे, आईएमई पेमार्फत अनलाइनबाटै शूल्क समेत तिर्न सकिने व्यवस्था मिलाइएको छ ।

अनलाइन टिकेट लिइसकेका प्रयोकर्ताले अस्पतालको टिकट काउण्टर नजिक रहेको विरामीको तौल लिने कक्ष (कोठा नम्बर ११) मा भुक्तानी रसिद वा मोबाइल स्क्रीन देखाएर टिकट भेरिफाई गर्नुपर्नेछ ।

त्यसपछि बिहान ९ बजेदेखि दिउँसो १ बजेभित्र सेवा लिन सकिने अस्पताल प्रशासनले जनाएको छ । अस्पतालले सेवाको बारेमा कुनै समस्या परे वा थप जानकारी लिनु परेमा ०१४४११५५० मा सम्पर्क गर्न भनेको छ । साथै ९८४७३८६२०५ र ९८४७३८६१५० मा अस्पतालका मेडिकल तथा सर्जिकल चिकित्सकहरुसँग सम्पर्क गरी सोध्न समेत सकिनेछ ।

कान्ति बाल अस्पतालको एन्ड्रोइड मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०