close

अर्को साता नेपाल भित्रिदै सामसङ ‘एस ट्वान्टी अल्ट्रा’

टेकपाना टेकपाना

जेठ ३०, २०७७ १६:७

अर्को साता नेपाल भित्रिदै सामसङ ‘एस ट्वान्टी अल्ट्रा’

काठमाडौं । सामसङको बहुप्रतिक्षित ग्यालेक्सी एस सिरिज अन्तर्गतको स्मार्टफोन ‘एस ट्वान्टी अल्ट्रा’ आउँदो साता नेपाली बजारमा भित्रिने भएको छ । गत फेब्रुअरीमा अमेरिकाको सानफ्रान्सिस्को सहरमा आयोजित ‘ग्यालेक्सी अनप्याक्ड इभेन्ट’ मार्फत सार्वजनिक भएको उक्त फोन अब नेपाली बजारमा समेत उपलब्ध हुने भएको हो ।

कम्पनीले यसअघि सोही सिरिज अन्तर्गतका दुई स्मार्टफोन सामसङ ग्यालेक्सी एस ट्वान्टी र एस ट्वान्टी प्लस नेपालमा सार्वजनिक गरिसकेको छ ।

फागुनमा सार्वजनिक गरिएका ती दुई स्मार्टफोनले पाएको सफलतालाई मध्यनजर गर्दै कम्पनीले एस सिरिजकै उत्कृष्ट उत्पादन ‘एस ट्वान्टी अल्ट्रा’ नेपाली ग्राहक माझ ल्याउन लागेको हो । यो फोन आउँदो मंगलबार वा बुधबार नेपाली बजारमा सार्वजनिक हुने बताइएको छ ।

Buy Samsung Galaxy S20 Ultra Carbon Ultra Case - samsung galaxy s20 ultra price in nepal

फाइभजी र नन–फाइभजी गरी दुई फरक भेरियन्टमा उपलब्ध यो फोन नेपाली बजारमा भने नन–फाइभजी मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । जसको बजार मूल्य एक लाख ५० हजार हाराहारी हुनसक्ने अनुमान गरिएको छ ।

उत्कृष्ट प्रविधि र क्यामेराका लागि परिचित ग्यालेक्सी सिरिजको यो स्मार्टफोनमा ४० मेगापिक्सेलको सेल्फी क्यामरा राखिएको छ ।

६.९ इञ्चको क्वाड एचडी डाइनामिक एमोलेड डिस्प्ले रहेको फोनमा १०० गुणा डिजिटल जूम सहितको १०८ मेगापिक्सेलको मूख्य क्यामरा छ । १०८ मेगापिक्सेलको प्राइमरी सेन्सरका साथै ४८ मेगापिक्सेलको टेलिफोटो लेन्स, १२ मेगापिक्सेलको अल्ट्रा–वाइड एंगल लेन्स रहेको फोनमा डेप्थ सेन्सर सहित क्यामरा रहेका छन् ।

१२० हर्ज रिफ्रेश रेट रहेको फोन एचडीआर टेन प्लस सर्टिफाइड हो । यो फोन १२ जीबी र १६ जीबी र्‍याम अप्सनमा उपलब्ध हुनेछ । १२८, २५६ र ५१२ जीबी स्टोरेज भेरियन्टमा रहेको एस ट्वान्टी अल्ट्राको फोनको मेमोरीलाई माइक्रो एसडी कार्डमार्फत एक टीबीसम्म बढाउन सकिने जनाइएको छ ।

फोनमा ५००० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने, ४५ वाटको फास्ट चार्जिङ सिस्टम रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०