close

कोरोनाका कारण जीएसएमएका २० प्रतिशत कर्मचारी कटौती

टेकपाना टेकपाना

जेठ ३२, २०७७ १३:१३

कोरोनाका कारण जीएसएमएका २० प्रतिशत कर्मचारी कटौती

एजेन्सी । मोबाइल उद्योग संगठन जीएसएमएले आफ्ना २० प्रतिशत कर्मचारीहरु कटौती गरेको छ । कोभिड १९ महामारीका कारण वर्षकै ठूलो महोत्सव मोबाइल वर्ल्ड कंग्रेस स्थगित भएपछि यस्तो निर्णय लिएको हो ।

गत फेब्रुअरीमा बार्सिलोनामा आयोजना हुने भनिएको उक्त महोत्सव कोरोनाभाइरसकै कारण आयोजना हुन सकेको थिएन । जसले जीएसएमएको आम्दानीमा भारी गिरावट आएको थियो । 

ब्लुमबर्गको रिपोर्ट अनुसार मोबाइल वर्ल्ड कंग्रेसबाट व्यापार समूहरुले कूल वार्षिक आम्दानीको ८० प्रतिशत उठ्ने गर्दछ । जीएसएमएमा करिब एक हजार कर्मचारीहरु कार्यरत छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०