close

सस्तो स्मार्ट टीभी सार्वजनिक गर्दै वान प्लस

टेकपाना टेकपाना

जेठ ३२, २०७७ १४:४१

सस्तो स्मार्ट टीभी सार्वजनिक गर्दै वान प्लस

काठमाडौं । प्रिमियम ब्राण्डहरुसँग प्रतिस्पर्धा गर्दै महंगा फोनहरु ल्याइरहेको वान प्लसले आफ्ना फ्यानहरुका लागि बजेट सेग्मेन्टका सस्ता टेलिभिजन समेत ल्याउँदैछ । 

गत वर्ष क्यू वान प्रिमियम टीभी सार्वजनिक गरेको कम्पनीले सस्तो मूल्यका स्मार्ट टीभी निर्माणको योजना बनाएको थियो ।

भारतीय बजारलाई लक्षित गरी निर्माण गरिने उक्त टेलिभिजनको मूल्य दुई सय डलर अर्थात २४००० रुपैयाँ देखि सुरु हुनेछ । सो स्मार्ट टीभीले ३२ तथा ४३ इञ्चका लो इण्ड सेग्मेन्टका साओमी, टीसीएल र भीयूसँग प्रतिस्पर्धा गर्नेछ ।  

वान प्लसले दुई नयाँ सिरिजका टीभी आगामी २ जुलाईमा लाइभ स्ट्रिमिङ मार्फत सार्वजनिक गर्ने भएको हो ।

गत वर्ष सार्वजनिक भएको वानप्लसको क्यू वान प्रोमा नयाँ फिजिकल रिमोट र सफ्टवेयर अपडेट पाउन सकिन्छ । 

यसमा प्रयोगकर्ताहरुले एकदमै रमाइलो अनुभूति गर्न सक्छन् । तर फिचर र पर्फमेन्सको तुलनामा यसको मूल्य एकदमै धेरै महंगो रहेको थियो । जब कि समान किसिमको फिचर र पर्फमेन्स भएका अन्य ब्राण्डका टीभीहरुभन्दा निकै सस्तो मूल्यमा पाउन सकिन्छ । 

वान प्लसको नयाँ बजेट सेग्मेन्टको टेलिभिजनमा बेजललेस डिस्प्ले, अतुलनीय तस्वीरको गुणस्तर र एन्ड्रोइड टीभीमा जस्तै इन्टरफेस पाउन सकिन्छ । 

यदि तपाईं फोन ब्राण्डको लेबल भएको सस्तो टीभी चाहनुहुन्छ भने मोटोरोला, नोकिया, साओमी र रियलमी समेत तपाईंंको उत्कृष्ट रोजाइमा हुन सक्छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०