close

प्ले स्टोरको एक नम्बर ट्रेन्डिङमा खल्ती, डाउनलोड समेत १० लाख नाघ्यो

टेकपाना टेकपाना

असार १, २०७७ ९:२०

प्ले स्टोरको एक नम्बर ट्रेन्डिङमा खल्ती, डाउनलोड समेत १० लाख नाघ्यो

काठमाडौं । गूगल प्ले स्टोरमा खल्ती डिजिटल वालेटको डाउनलोड संख्या १० लाख नाघेको छ । यससँगै नेपालको लोकप्रिय भुक्तानी सेवाप्रदायकको रुपमा रहेको खल्ती १० लाख डाउनलोड पुरा गर्ने दोस्रो वालेट बनेको छ ।

करिब साढे तीन वर्ष अघि मात्र सञ्चालनमा आएको खल्तीले छोटो समयमै यो सफलता हात पारेको हो । खल्तीले रिचार्ज, मनि ट्रान्सफर लगायत विभिन्न सेवाको अनलाइन भुक्तानी सेवा दिँदै आएको छ ।

खल्ती अहिलेको समयमा गूगल प्ले स्टोरमा नेपालबाट एक नम्बरमा ट्रन्डिङमा समेत रहेको छ । अर्को प्रतिस्पर्धी डिजिटल वालेट सेवाप्रदायक ईसेवा भने खल्तीपछि दोस्रो स्थानमा छ । राष्ट्र बैंकबाट समेत अनुमतिपत्र प्राप्त गरिसकेको खल्ती स्प्यारो पे प्रालिले विकास गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०