close

नोकियाको सबैभन्दा सस्तो फोरजी स्मार्टफोन नेपाली बजारमा

टेकपाना टेकपाना

असार १, २०७७ १०:४

नोकियाको सबैभन्दा सस्तो फोरजी स्मार्टफोन नेपाली बजारमा

काठमाडौं । नोकियाको लागि आधिकारिक बिक्रेता रहेको टेलिटक प्रालीले नेपाली बजारमा सस्तो मूल्यको फोरजी स्मार्टफोन ‘नोकिया सी टू’ सार्वजनिक गरेको छ । भर्चुअल मिटिङ, अनलाइन क्लास, अनलाइन स्ट्रिमिङ लगायतका लागि स्मार्टफोनको माग बढिरहेको भन्दै कम्पनीले यो फोन नेपाली बजारमा ल्याएको हो ।

आकर्षक डिजाइनका साथ आएको नोकिया सी टू फोनमा ५.७ इञ्चको एचडी प्लस आईपीएस डिस्प्ले रहेको छ । जसको सुरक्षाका लागि टफल ग्लास प्रयोग गरिएको छ । फोनमा एन्डोइड नाइन पाई (गो इटिसन) अपरेटिङ सिस्टम रहेको छ । जुन गो एप चलाउनका लागि उत्कृष्ट अपरेटिङ सिस्टम समेत हो ।

गो एपले कम डेटा खपत गर्नुका साथै स्टोरेज क्षमता समेत थोरै खपत गर्ने जनाइएको छ । १.४ जीबी क्वार्ड कोर प्रोसेसर रहेको फोनमा १६ जीबीको इन्टरनल मेमोरी रहेको छ । जसलाई माइक्रोएसडी कार्डद्धारा ६४ जीबीसम्म विस्तार गर्न समेत सकिन्छ ।

साथै यसमा भ्वाइस असिस्टेन्ट एपको लागि डेडिकेटेड गूगल असिस्टेन्ट बटन पनि उपलब्ध रहेको छ । कम्पनीका अनुसार स्मार्टफोनको अगाडि र पछाडि दुवै तर्फ पाँच मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको छ । २८०० एमएएचको क्षमताको ब्याट्री रहेको यो फोनको बजार मुल्य केवल ९ हजार २९९ रुपैयाँ रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०