close

दूरसञ्चार प्राधिकरण अटोमेसन गर्न २ करोड खर्चिंदै

टेकपाना टेकपाना

असार १, २०७७ १४:६

दूरसञ्चार प्राधिकरण अटोमेसन गर्न २ करोड खर्चिंदै

काठमाडौं । दूरसञ्चार क्षेत्रको नियमनकारी निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई अटोमेसन अर्थात स्वचालित प्रविधि युक्त बनाइने भएको छ । नियामकले आगामी आर्थिक वर्षका लागि तयार पारेको वार्षिक कार्यक्रममा त्यसका लागि दुई करोड रुपैयाँ बजेटको व्यवस्था समेत गरेको छ ।

भर्खरै प्राधिकरण बोर्ड बैठकबाट पारित वार्षिक कार्यक्रमअनुसार नियामकलाई पूर्ण रुपमा अटोमेसन गर्न आवश्यकताअनुसार नेटवर्क म्यानेजमेन्ट सिस्टम (एनएमएस), परियोजनाका कागजात डिजिटलाइज गर्ने तथा परियोजना प्रकृयालाई अटोमेसनमा लैजाने (प्रोजेक्ट म्यानेजमेन्ट सफ्टवेयर), गुनासो व्यवस्थापन प्रणाली, अनलाइन अनुगमन तथा कार्यान्वयनको अवस्था ट्र्याकिङ लगायतका सफ्टवेयर तयार पारिनेछ ।

योजना अनुसार कात्तकसम्म परामर्शदाता छनौंट गरी आगामी एक वर्षभित्रमा काम सम्पन्न गरिनेछ । प्राधिकरण मार्फत कार्यान्वयन हुने यो योजनाबाट नियमनकारी निकायको प्रभावकारीता बढाउने विश्वास समेत गरिएको छ । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०