close

नेपाल भित्रिने इन्टरनेट ब्याण्डविथको लागत कम गर्न अनुसन्धान गरिने

टेकपाना टेकपाना

असार १, २०७७ १५:४३

नेपाल भित्रिने इन्टरनेट ब्याण्डविथको लागत कम गर्न अनुसन्धान गरिने

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेटको अन्तर्राष्ट्रिय ब्याण्डविथको लागत कम गर्न अनुसन्धान गर्ने भएको छ । नेपाल भित्रिने इन्टरनेट ब्याण्डविथ महंगो भएपछि लागत कम गर्न सकिने उपायको खोजीमा अनुसन्धान गरिने भएको हो ।

भर्खरै आगामी आर्थिक वर्षका लागि वार्षिक कार्यक्रम पारित गराएको नियामकले उक्त कार्यका लागि आगामी कात्तिकसम्ममा परामर्शदाता कम्पनी नियुक्त गरिसक्ने योजना बनाएको छ ।

आगामी आर्थिक वर्षभित्रमा परामर्शदाताले अन्तर्राष्ट्रिय ब्याण्डविथ घटाउन सकिने विकल्प सहितको अध्ययन प्रतिवेदन बुझाउने बताइएको छ । यसका लागि २० लाख रुपैयाँ बजेट समेत छुट्याइएको छ ।

अन्तर्राष्ट्रिय ब्याण्डविथ सस्तो गराउने उपायको पहिचान भएको खण्डमा नेपालमा इन्टरनेट सस्तोमै उपलब्ध हुने अपेक्षा गरिएको छ । यद्यपी सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले स्वीकृत गरेपछि मात्र यो वार्षिक कार्यक्रम कार्यान्वयनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०