close

अब डिजिटल वालेटमै ब्याज !

टेकपाना टेकपाना

असार १, २०७७ १९:३३

अब डिजिटल वालेटमै ब्याज !

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनीहरुले आफ्ना प्रयोगकर्तालाई वालेटमा रहेको पैसाको ब्याज उपलब्ध गराउने सक्ने भएको छन् । नेपाल राष्ट्र बैंकले भुक्तानी तथा फर्छ्यौट विनियमावली जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

नयाँ विनियमावली अनुसार ई–सेवा, खल्ती, आईएमई पे, सेल पेलगायतका भुक्तानी सेवा प्रदायक कम्पनीले चाहेको खण्डमा प्रयोगकर्तालाई वालेटमा रहेको पैसाको ब्याज उपलब्ध गराउने सक्नेछन् ।

विनियमावलीको विनियम २२ को उपविनियम ६ मा भनिएको छ, ‘संस्थाले नीतिगत व्यवस्था गरी ग्राहकको वालेटमा रहेको मौज्दात रकममा बैंकको स्वीकृती लिई ब्याज प्रदान गर्न सक्नेछ ।’

यसको अर्थ प्रयोगकर्ताले मोबाइल वालेटमा रहेको रकमको ब्याज प्राप्त गर्न सक्नेछन् । तर यो व्यवस्था वालेट कम्पनीका लागि बाध्यकारी नभएर स्वेच्छिक हुने बताइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०