close

नेपालमा विश्वस्तरीय साइबर सुरक्षा दिन श्रीलंकाली टेक सर्ट र वान कभरबीच सहकार्य

टेकपाना टेकपाना

असार १, २०७७ २१:५५

नेपालमा विश्वस्तरीय साइबर सुरक्षा दिन श्रीलंकाली टेक सर्ट र वान कभरबीच सहकार्य

काठमाडौं । वान कभर प्राइभेट लिमिटेड र टेक सर्टबीच नयाँ सम्झौता भएको छ । दुवै कम्पनीले संयुक्त रुपमा साइबर सुरक्षा मूल्यांकन, परामर्श तथा व्यवस्थित सेक्युरिटी सर्भिस प्रदान गर्ने गरी सहकार्य थालेका हुन् । 

 वान कभर प्राइभेट लिमिटेड काठमाडौं स्थित साइबर सुरक्षा सम्बन्धी कम्पनी हो । यसले विभिन्न कम्पनी तथा संस्थाहरुको साइबर सुरक्षाको जोखिम व्यवस्थापन, सुरक्षा समाधान, आईटी अडिट तथा सुरक्षा अनुसन्धान र अन्वेषणको क्षेत्रमा काम गर्दै आएको छ । 

यस्तै टेक सर्ट श्रीलंकाको सबैभन्दा ठूलो कम्प्युटर इमरजेन्सी रेडिनेस टिम सर्ट हो । यसले विश्वभरका संघसंस्थाहरुलाई इन्टिग्रेटेड इन्फरमेसन सेक्युरिटी सर्भिस दिँदै आएको छ ।

टेक सर्टले विश्वभरका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचना तथा साइबर सुरक्षा संगठनहरुसँग सहकार्य गर्दै आइरहेको छ ।

एमओयूमा हस्ताक्षर भएसँगै साइबर सुरक्षा सेवा प्रदान गर्दै आइरहेको वान कभरले अब टेकसर्टसँगको सहकार्यमा विश्वस्तरको विश्वासिलो र गुणस्तरयुक्त सेवा प्रदान गर्नेछ । डेकमा आधारित वान कभरले स्टेट अफ द आर्ट सेक्युरिटी सोलुसन प्रदान गर्दै आएको छ ।

टेक सर्टसँगको सहकार्यपश्चात नेपालको आईटी पूर्वाधार र नेटवर्कलाई पूर्ण रुपमा तयारी अवस्थामा राख्न, जोखिम न्युनिकरण गर्दै सुरक्षित पार्न आवश्यक सम्पूर्ण समाधान सहितको सेवा प्रदान गर्न सकिने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१